Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

खबरडबली संवाददाता

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बताएका छन् । पार्टीको केन्द्रीय समितिले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको जानकारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.कोइरालाले यस्ताे बताएका हुन् । 

विराटनगरमा आज आयोजित ‘नेपाली कांग्रेस र नेपालको यात्रा : हिजो, आज, भोलि—चुनौती, अवसर र सम्भावना’ विषयक युवासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता डा. कोइरालाले निर्वाचन लोकतन्त्रको अनिवार्य प्रक्रिया भएकाले यसबाट भाग्ने कुनै विकल्प नरहेको स्पष्ट पारे ।

उनले भने, “वर्तमान अवस्थामा निर्वाचनबाहेक अर्को कुनै विकल्प छैन । तोकिएको समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्नु सरकारको संवैधानिक दायित्व हो ।” भयरहित निर्वाचनका लागि सुरक्षा मजबुत हुनुपर्छ । 

डा. कोइरालाले भयरहित निर्वाचनको वातावरण सिर्जना गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे । शान्ति–सुरक्षाको अवस्था कमजोर हुँदा निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठ्ने भन्दै उनले जघन्य अपराधमा संलग्न करिब पाँच हजार फरार कैदी पक्राउ, लुटिएका हातहतियार बरामद र प्रहरीको मनोबल उच्च बनाउने काम तत्काल गर्न सरकारलाई सुझाव दिए ।

उनका अनुसार, सुरक्षाको प्रत्याभूति नभएसम्म जनताले स्वतन्त्र रूपमा मतदान गर्न सक्दैनन्, जसले लोकतन्त्रलाई नै कमजोर बनाउँछ । कोइरालाले युवापुस्तालाई राज्य सञ्चालनमा निर्णायक भूमिका दिनुपर्ने आवश्यकता औँल्याए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending