धनकुटा । सामाजिक र व्यावहारिक रूपमा एकै ठाउँमा घुलमिल भएर बसेका चित्रे बजारका स्थानीय दुई फरक जिल्लाका बासिन्दा हुन् । तेह्रथुम र धनकुटाको सीमामा बसेको यो बजार फरकफरक जिल्लामा पर्दा स्थानीयलाई प्रशासनिक कामकाजको लागि निकै झमेला भोग्नुपरिरहेको छ । यसले स्थानीय तहले प्रवाह गर्ने सेवा सुविधादेखि विकास निर्माणका कामसम्म नै असर परेको छ ।
चित्रे बजारमा बसोबास गरिरहेका दुर्गाबहादुर कार्कीको घर स्रेस्ता धनकुटाको महालक्ष्मी नगरपालिका–८ मा पर्छ । तर‚ उनको नागरिकतादेखि मतदाता नामावली सम्मका कागजात भने तेह्रथुमको लालीगुराँस नगरपालिकामा छ । बसोबास गरिरहेको घरजग्गादेखि अन्य सरकारी कागजातको स्रेस्ता सीमा जोडिएका दुवै जिल्लाका स्थानीय तहमा हुँदा त्यहाँबाट प्राप्त हुने सेवा सुविधा पाउन चित्रे बजारबासीले सास्ती बेहोरिरहनुपरेको छ ।
‘स्थानीय तहले वितरण गर्ने अनुदानका कार्यक्रम पाउन मैले वर्षौंदेखि सास्ती बेहोर्नुपरिरहेको छ‚’ सीमा क्षेत्रमा बासोबास गरिहेका कार्कीले भने‚ ‘एउटा स्थानीय तहमा बासोबास र अर्कोमा कागजी स्रेस्ता हुँदा साह्रै झमेला छ ।’ एउटै आँगन भएर बसेका चित्रेवासीलाई बजारको बीचबाट गएको कोशी राजमार्गले सीमा छुट्याइदिएको छ । सडकको दायाँतर्फ धनकुटाको महालक्ष्मी र बायाँतर्फ तेह्रथुमको लालीगुराँस नगरपालिका पर्छ ।
बास बस्ने घर एउटा र जीवन निर्वाह गर्ने जग्गा जमिन अर्कै जिल्लामा हुँदा चित्रे बजार क्षेत्रको विकास र विस्तारमा समेत असर परिरहेको स्थानीय जीत बहादुर अधिकारीले बताए । उनी बसोबास गरिरहेको घर चित्रे बजारमै छ । सिमानाका हिसाबले धनकुटाको महालक्ष्मी नगरपालिका–१ मा उनको घर पर्छ । तर खेती कमाइ गरी जीवन निर्वाह गर्ने जग्गा जमिन तेह्रथुमको लालीगुराँस नगरपालिकामा छ ।
स्थानीय तहले वितरण गर्ने कृषि अनुदानका कार्यक्रम लिन जाँदा अर्कै स्थानीय तहको भनेर विवाद सिर्जना हुने गरेको उनले बताए । ‘हामी सिमानामा छौं‚’ उनले भने‚ ‘जे जस्तो हुन्थ्यो बरु हामीलाई सरकारले एउटै स्थानीय तहमा मिसाइदिए पनि हुन्थ्यो ।’ कार्की र अधिकारीजस्तै चित्रे बजारमा बसोबास गरिरहेका १ सयभन्दा बढी घरपरिवारले वर्षौंदेखि यस्तै समस्या भोगिरहेका छन् ।
स्थानीय तहले वितरण गर्ने मल, बीउ, बिरुवा तथा अन्य सामग्री पाउने प्रक्रियामा समेत चित्रेबासीले झन्झट बेहोर्नुपरिरहेको छ । उपभोक्ता समितिमार्फत गराउनुपर्ने विकास निर्माणका काममा पनि समस्या आइरहन्छ । त्यसले गर्दा बजार र आसपासका क्षेत्रको विकास र विस्तारमै असर परिरहेको लालीगुराँस नगरपालिका–४ का वडाध्यक्ष गोपाल सुवेदीले बताए ।
अझ धनकुटाको महालक्ष्मी नगरपालिकातर्फको बजार क्षेत्रमा त १ र ८ नम्बर दुई वडाले छोएको छ । उनीहरूले त झन् थप समस्या झेलिरहनुपरेको छ । सँगै जोडिएका घरहरूसमेत फरक–फरक वडामा पर्दा वडाबाट लिनुपर्ने सेवा लिनसमेत समस्या भएको स्थानीय सुरेन्द्र अधिकारीले बताए ।
चित्रे बजारबासीले संघीयता कार्यान्वयनका लागि राज्यको पुनर्संरचना गर्दा आफूहरूलाई एकै स्थानीय तहमा राखिदिन माग गरेका थिए । तर‚ राज्य पुनर्संरचना गर्दा जिल्लाको सीमा क्षेत्रलाई नचलाउने भनिएपछि सो मागको सुनुवाइ हुन सकेन । त्यसको मार चित्रे बजारवासीले अहिलेसम्म खेपिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - २१:४६
काठमाडौं । केही दिनयता देशभर एउटा दृश्य दोहोरिँदै छ—कतै बिहानैदेखि माइकिङ, कतै प्रहरीको घेरा, अनि केहीबेरमै डोजरको गर्जन। राजधानी उपत्यकाबाट सुरु भएको...
बैशाख १३ गते, २०८३ - २१:४०
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...
बैशाख १३ गते, २०८३ - २१:३३
काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म...
बैशाख १३ गते, २०८३ - २१:१९
प्युठान । चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। गौमुखी गाउँपालि...
बैशाख १३ गते, २०८३ - १९:४०
काठमाडौं । नेपाली कांग्रेस भित्रको लामो रस्साकस्सी अब अन्तिम मोडमा पुगेको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नेता टुंगो लगाइने तया...
बैशाख १३ गते, २०८३ - १९:३२
काठमाडौं । इतिहास केवल मिति र घटनाले बनिँदैन, त्यो मानिसका काम र मूल्यले बाँच्छ। मनमोहन अधिकारी त्यस्ता नेता हुन्, जसलाई सम्झिँदा भाषणभन्दा बढी व्यवहा...
बैशाख १३ गते, २०८३ - १९:१०
काठमाडौं । भक्तपुरस्थित मनोहरा बस्तीमा निर्माण भएका अवैध घर-टहरा सरकारले आइतबार हटायो । त्यसक्रममा बस्तीभित्र रहेको मनोहर चर्च पनि भत्काइएपछि क्रिस्चि...
बैशाख १३ गते, २०८३ - ०७:१३
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...
बैशाख १३ गते, २०८३ - ०७:११
भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...
बैशाख १३ गते, २०८३ - ०७:०९
खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...


प्रतिकृया लेख्नुहोस्: