Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

तेह्रथुम र धनकुटाको सीमामा बजार एउटै, जिल्ला फरक

एउटै बजारका बासीन्दा दुई जिल्लाका

खबरडबली संवाददाता

धनकुटा । सामाजिक र व्यावहारिक रूपमा एकै ठाउँमा घुलमिल भएर बसेका चित्रे बजारका स्थानीय दुई फरक जिल्लाका बासिन्दा हुन् । तेह्रथुम र धनकुटाको सीमामा बसेको यो बजार फरकफरक जिल्लामा पर्दा स्थानीयलाई प्रशासनिक कामकाजको लागि निकै झमेला भोग्नुपरिरहेको छ । यसले स्थानीय तहले प्रवाह गर्ने सेवा सुविधादेखि विकास निर्माणका कामसम्म नै असर परेको छ ।

चित्रे बजारमा बसोबास गरिरहेका दुर्गाबहादुर कार्कीको घर स्रेस्ता धनकुटाको महालक्ष्मी नगरपालिका–८ मा पर्छ । तर‚ उनको नागरिकतादेखि मतदाता नामावली सम्मका कागजात भने तेह्रथुमको लालीगुराँस नगरपालिकामा छ । बसोबास गरिरहेको घरजग्गादेखि अन्य सरकारी कागजातको स्रेस्ता सीमा जोडिएका दुवै जिल्लाका स्थानीय तहमा हुँदा त्यहाँबाट प्राप्त हुने सेवा सुविधा पाउन चित्रे बजारबासीले सास्ती बेहोरिरहनुपरेको छ ।

‘स्थानीय तहले वितरण गर्ने अनुदानका कार्यक्रम पाउन मैले वर्षौंदेखि सास्ती बेहोर्नुपरिरहेको छ‚’ सीमा क्षेत्रमा बासोबास गरिहेका कार्कीले भने‚ ‘एउटा स्थानीय तहमा बासोबास र अर्कोमा कागजी स्रेस्ता हुँदा साह्रै झमेला छ ।’ एउटै आँगन भएर बसेका चित्रेवासीलाई बजारको बीचबाट गएको कोशी राजमार्गले सीमा छुट्याइदिएको छ । सडकको दायाँतर्फ धनकुटाको महालक्ष्मी र बायाँतर्फ तेह्रथुमको लालीगुराँस नगरपालिका पर्छ ।

बास बस्ने घर एउटा र जीवन निर्वाह गर्ने जग्गा जमिन अर्कै जिल्लामा हुँदा चित्रे बजार क्षेत्रको विकास र विस्तारमा समेत असर परिरहेको स्थानीय जीत बहादुर अधिकारीले बताए । उनी बसोबास गरिरहेको घर चित्रे बजारमै छ । सिमानाका हिसाबले धनकुटाको महालक्ष्मी नगरपालिका–१ मा उनको घर पर्छ । तर खेती कमाइ गरी जीवन निर्वाह गर्ने जग्गा जमिन तेह्रथुमको लालीगुराँस नगरपालिकामा छ ।

स्थानीय तहले वितरण गर्ने कृषि अनुदानका कार्यक्रम लिन जाँदा अर्कै स्थानीय तहको भनेर विवाद सिर्जना हुने गरेको उनले बताए । ‘हामी सिमानामा छौं‚’ उनले भने‚ ‘जे जस्तो हुन्थ्यो बरु हामीलाई सरकारले एउटै स्थानीय तहमा मिसाइदिए पनि हुन्थ्यो ।’ कार्की र अधिकारीजस्तै चित्रे बजारमा बसोबास गरिरहेका १ सयभन्दा बढी घरपरिवारले वर्षौंदेखि यस्तै समस्या भोगिरहेका छन् ।

स्थानीय तहले वितरण गर्ने मल, बीउ, बिरुवा तथा अन्य सामग्री पाउने प्रक्रियामा समेत चित्रेबासीले झन्झट बेहोर्नुपरिरहेको छ । उपभोक्ता समितिमार्फत गराउनुपर्ने विकास निर्माणका काममा पनि समस्या आइरहन्छ । त्यसले गर्दा बजार र आसपासका क्षेत्रको विकास र विस्तारमै असर परिरहेको लालीगुराँस नगरपालिका–४ का वडाध्यक्ष गोपाल सुवेदीले बताए ।

अझ धनकुटाको महालक्ष्मी नगरपालिकातर्फको बजार क्षेत्रमा त १ र ८ नम्बर दुई वडाले छोएको छ । उनीहरूले त झन् थप समस्या झेलिरहनुपरेको छ । सँगै जोडिएका घरहरूसमेत फरक–फरक वडामा पर्दा वडाबाट लिनुपर्ने सेवा लिनसमेत समस्या भएको स्थानीय सुरेन्द्र अधिकारीले बताए ।

चित्रे बजारबासीले संघीयता कार्यान्वयनका लागि राज्यको पुनर्संरचना गर्दा आफूहरूलाई एकै स्थानीय तहमा राखिदिन माग गरेका थिए । तर‚ राज्य पुनर्संरचना गर्दा जिल्लाको सीमा क्षेत्रलाई नचलाउने भनिएपछि सो मागको सुनुवाइ हुन सकेन । त्यसको मार चित्रे बजारवासीले अहिलेसम्म खेपिरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending