Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

दिउँसाे १ बजे बाेइएकाे काेशी प्रदेशसभा बैठक अझै भएन सुरु, प्रतिपक्ष दल एमालेले बैठक चल्न नदिने

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभाका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दुई विधेयक टेबुल गर्ने कार्यसुची तय गरेको हो । 

प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसहित) को नियम ९२ बमोजिम प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्ताव स्वरुप सभामा प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले आजको बैठक चल्न नदिने तयारी गरेका छन् । 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा प्रदेश सभाका सभाध्यक्ष मन्सुरीले समेत मतदान गरेर बहुमत पुर्याइदिएको भन्दै एमालेले बैठकमा विरोध गर्ने तयारी गरेको एक सांसदले जानकारी दिए । एमाले र राप्रपाले बैठक सुरु हुने बितिक्कै उठेर विरोध गर्ने तयारी गरेको उनले बताए । 

त्यसको तयारीका लागि एमाले र राप्रपाबिच बैठक जारी रहेकाे छ । आज दिउँसो १ बजेको लागि बोलाइएको प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन ।

एमालेले बैठकमा निरन्तर विरोध गरे सभाध्यक्षले जबरजस्ती बैठक सञ्चालन गर्न नसक्ने भन्दै सरकारले समेत प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्ने रणनीतिमा रहेको सत्ता पक्षका सांसदको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending