Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

धरानमा डेंगी उपचारमा 'हामी धराने'को सहयोग

खबरडबली संवाददाता

सुनसरी । सुनसरी उद्योग वाणिज्य संघले सुरु गरेको निशूल्क डेगी शिविरमा सहयोग जुट्न थालेको छ ।  विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले शिविरमा आवश्यक औषधी तथा किटहरु सहयोग गर्दै आएका हुन् । 

संघले सञ्चालन गरेको शिविरमा काठमाडौमा रहेका धरानेहरुले डेंगी परिक्षण किट सहित विभिन्न औषधी सहयोग गरेका छन् । काठमाडौमा रहेका धरानेहरुको संस्था हामी  धराने  संस्थाले १ लाख ५३ हजार मुल्य बराबरको औषधी सहयोग गरेको छ ।

संस्थाले ६ सय ५०  डेंगी परिक्षण किट सहित सिटामोटल, स्लाइन लगाएत डेगी सक्रमितहरुलाई आवश्यक औषधी सहयोग गरेको हो । संस्थाका  सचिव विनोद श्रेष्ठको नेतृत्वको रोजेश शाक्य लगाएतको ४ सदस्य टोलीले शिविर स्थलमा पुगेर किट तथा औषधी हस्तान्तरण गरेका थिए ।

श्रेष्ठको नेतृत्वको टोली संघका अध्यक्ष विजय श्रेष्ठ, पुर्व अध्यक्ष सरोज श्रेष्ठ, प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठलाई किट तथा औषधी हस्तान्तरण गरिएको संस्थाका सचिव श्रेष्ठले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा संघका सदस्य पदाधिकारी सगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डाक्टर विक्रम श्रेष्ठ लगाएको उपस्थिती रहेको थियो ।

धरानमा डेगीको महामारी फैलिएको र उपचारमा समस्यमा भएको विभिन्न सञ्चार माध्यमवाट आफुहरुले थाहा पाएपछि संस्थाका संयोजक संगम श्रेष्ठ र अग्रज राजेन्द्र श्रेष्ठको नेतृत्वमा काठमाडौमा रहेका धरानेहरु सँग सहयोग संकलन  अभियान सुरु गरेको थियो । उनीहरुको नतृत्वमा रकम संकलन गरि किट तथा औषधी खरिद गरि  धरान लिएर आएको सचिव श्रेष्ठको भनाइ छ ।

आफुहरु बसोवासको हिसावले मात्र अहिले काठमाडौमा रहेका बताउँदै उनले आफुहरु धरान बाहिर नरहेको बताए  ।  आपत विपतको समयमा मात्र नभई  धरानको  विकास निमार्णमा समेत आफूहरु सधैव धरानको साथमा रहेका उनको भनाई थियो ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले हामी धरानले संस्था सगै काठमाडौमा रहेको सहयोगी धरानेहरुलाई धन्यवाद दिए ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending