Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

सर्वाधिक लामो दाह्री बनाएर महिलाले राखिन् विश्व कीर्तिमान

खबरडबली संवाददाता

काठमाडाैं ।  पुरुषहरुले दाह्री जुँगा पालेर अनेकथरी रेकर्ड कायम गर्नु स्वभाविक मानिए पनि अमेरिकामा एकजना महिलाले लामो दाह्री पालेर गिनिज बुकमा आफ्नाे नाम लेखाएकी छन् । गिनिज वर्ल्ड रेकर्डस्का अनुसार हनिकटले दुई वर्षको अवधिमा ११.८१ इन्च लामो दाह्री बनाएर विश्व कीर्तिमान कायम गरेकी हुन् ।

विश्वकै सबैभन्दा लामो दाह्री भएकी महिलाको रुपमा उनको नाम गिनिज बुकमा दर्ज भएको हाे । ३८ वर्षकी एरिन हनिकट अमेरिकाको मिशिगनमा बस्छिन् । यो सँगै उनले ७५ वर्षीया भिभियन ह्वीलरको रेकर्ड भंग गरेकी छिन् । भिभियनको दाह्री १०.०४ इन्च लामो थियो ।

समाचार अनुसार हनिकटको दाह्री पूर्णरुपमा प्राकृतिक हो र दाह्री बढाउनका लागि उनले कुने हर्मोन वा सप्लिमेन्ट लिएकी छैनन् । हनिकटलाई पोलिसिस्टिक ओभरियन सिन्ड्रोम नामक रोग छ । जसका कारण उनका दाह्रीजुँगा पलाएका हुन् । वास्तवमा हर्मोनको असन्तुलनका कारण यो स्वास्थ्य समस्या पैदा हुन्छ । यसले महिलामा अनियमित रजश्वला, शरीरमा अनावश्यक रौँ पलाउने, वजन बढ्ने जस्ता समस्या देखा पर्दछन् ।

एरिक १३ वर्षकी छँदादेखि नै उनको अनुहारमा दाह्रीजुँगा पलाउन सुरु गरेका थिए । त्यसबाट छुटकारा पाउनका लागि उनले खौरने तथा वाक्सिंग गर्नेलगायतका अनेक उपाय अपनाइन् । उनले दिनमा तीन पटकसम्म खौरिने गर्थिन् । आफ्नो किशोरावस्था देखि यौवनावस्थासम्मै उनले यस्तो जारी राखिन् ।

तर उच्च रक्तचापका कारण भएको स्ट्रोकले आँखाको ज्योति आंशिक रुपमा गुमेपछि उनको जीवनको नयाँ मोड सुरु भयो । त्यसपछि उनले आफ्नो शरीर तथा आफ्नो विषम परिस्थितिलाई स्वीकार गर्ने अठोट गरिन् अनि आफ्नो दाह्री खौरिन छाडेर बढ्न दिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending