Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

अन्ततः उपसभामुख भइन् विरामी, कोशी प्रदेशसभा बैठक अनिश्चित

खबरडबली संवाददाता

विराटनगर । अन्ततः पूर्वनिर्धारित योजना अनुसार नेकपा एमालेको निर्देशनमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार आजको लागि आफैंले बोलाएको प्रदेशसभा बैठक छलेर काठमाडौं हिँडेकी छन् ।

मुख्यमन्त्री उद्धब थापालाई विश्वासको मत लिन भददौ ४ गतेको मिति तोकेकी उपसभामुख दनुवार बैठककै दिन ‘विरामी’ भएको बहानामा काठमाडौं हिँडेकी हुन् ।

यसअघि नै उपसभामुख दनुवार कुनै न कुनै बहाना बनाएर बैठकमा अनुपस्थित भई विश्वासको मत लिने प्रक्रियामा अबरोध गर्ने चर्चा चलेको थियो । तर, उनले आफूले मर्यादित भूमिका निर्वाह गरेर सभा सञ्चालन गर्ने दावी गर्दै आएकी थिइन् । यसअघि सभामुख बाबुराम गौतमले पदीय मर्यादा विपरित सरकार निर्माणमा संलग्नता देखाएको भन्दै आलोचना भएकोमा उपसभामुख दनुवारले आफू त्यो बाटोमा नजाने जिकिर गरेकी थिइन् ।

सर्वोच्च अदालतले सभामुख गौतमको कदमलाई असंवैधानिक ठहर गर्दै उद्धब थापाको मुख्यमन्त्रीको नियुक्त मात्र बदर गरेन, सभाको अध्यक्षता गर्ने व्यक्तिको पदीय मर्यादा र गरिमासमेत सम्झाएको थियो । सभामुख गौतमले त्यसपछि राजीनामा दिएकोमा सभाको अध्यक्षताको जिम्मेवारी पाएकी उपसभामुख दनुवार पनि दलीय निर्देशनको शिकार भएकी हुन् ।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा ठिक्क बहुमत ४७ सांसदको समर्थनसहित मुख्यमन्त्री भएका थापालाई विश्वासको मत लिनबाट रोक्न उपसभामुख दनुवार विरामीको बहानामा काठमाडौं बाहिर हिँडेकी हुन् । त्यो संकेत एमालेका सांसद बुद्धिकुमार राजभण्डारीले आइतबार नै दिएका थिए । आइतबार उदयपुरकै विभिन्न कार्यक्रममा सहभागी भएकी दनुवार आफू बैठक सञ्चालन गर्ने पक्षमा रहेको बताएकी थिइन् ।

प्रदेशसभा बैठकअघि विहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । बैठक उपसभामुख दनुवारले नै राखेकी थिइन् । तर, ७ बजे यति एयरलाइन्सको विमानबाट काठमाडौं गएकी हुन् । उनी काठमाडौं पुगिसकेपछि प्रदेशसभामा उनको सचिवालयले विरामी भएकोले बैठकमा उपस्थित हुन नसकेको पत्र दर्ता भएको छ ।

दनुवारले पत्रमा सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्ष मण्डलबाट बैठक सञ्चालन गर्ने व्यवस्था रहेकोले इश्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्न भनेकी छन् । आइतबार आफैंले अध्यक्ष मण्डलमा रहेका जेष्ठ सदस्य एमालेकी मालतीकुमारी लिम्बू र राप्रपासका अम्बरबहादुर विष्टको विदा पत्रमा स्वीकृति दिएकी उनले उनीहरु विदामा रहेकोले त्यसपछिका जेष्ठ सदस्य मन्सुरीले बैठक चलाउन जिम्मा दिएको दनुवारको पत्रमा उल्लेख छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार उपसभामुख दनुवारले ८ बजे परामर्श समितिको बैठक राखेकोमा ९ बजे अनुपस्थित हुने पत्र आएको हो । उपसभामुखको पत्रपछि के गर्ने भन्ने विषयमा दलहरुबीच छलफल हुने उनले बताए । संभवतः आजको बैठक स्थगित हुने संभावना रहेको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेत भुपेन्द्र राईले प्रदेश संरचनालाई बद्नाम बनाउनेगरि एमालेले घुणित खेल खेलेको आरोप लगाए ।

प्रदेशसभा सञ्चालन नियमावली अनुसार सभामुख र उपसभामुख अनुपस्थित भएमा बैठक सञ्चालन अध्यक्ष मण्डलले गर्नेछ । प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) अनुसार सभामुखले यसअघि नै बैठक सञ्चालनको लागि ४ जनाको अध्यक्ष मण्डल तोकेका थिए ।

प्रदेशसभा सञ्चालनका लागि सभामुखउपसभामुखलाई सहयोग गर्न गठन भएको चार सदस्यीय अध्यक्ष मण्डलमा रहेकी एमालेकी मालती सुब्बाले आइतबार नै आजको बैठकमा अनुपस्थित हुने सूचना दिइसकेकी छन् । उनीसहित एमालेका ८ जेष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने जानकारी दिएका थिए । ‘घरायसी जरुरी काम’ भएका कारण उपस्थित हुन नसक्ने उनीहरुले उल्लेख गरेका छन् ।

सुब्बा अनुपस्थित हुँदा अध्यक्ष मण्डलमा रहेका राप्रपा अम्बरबहादुर विष्टले सभाको अध्यक्षता गर्नुपर्ने हो । तर, राप्रपाले आफ्ना सबै सांसदलाई बैठकमा अनुपस्थित हुन निर्देशन दिइसकेको छ । पार्टी केन्द्रले नै भोलिको बैठकमा अनुपस्थित हुनु भनेको विष्टले बताए ।

उपसभामुखले राजीनामा नदिएको अवस्थामा अध्यक्ष मण्डलमा रहेकी मालतीकुमारी लिम्बूलाई अनुपस्थित गराएमा पुग्ने थियो । तर, एमालेले सबै जेष्ठ सदस्यलाई अनुपस्थित गराउने निर्णय लिनुको पछाडि ‘फ्लोर क्रस’ को त्रासले काम गरेको छ । प्रदेशसभालाई विघटनमा जानबाट रोक्न थापालाई विश्वसको मत लिने वातावरण बनाइदिनुपर्छ भन्ने पनि बहस एमालेमा भएको बेला केहि सांसदले ‘फ्लोर क्रस’ गर्नसक्ने सूचना एमाले नेतृत्वमा पुगेको थियो । त्यहि अनुसार जेष्ठ सबैलाई अनुपस्थित हुन भनिएको एक एमाले नेताले बताए ।

प्रदेश सभा सचिवालयका अनुसार सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिने सांसदहरुमा एमालेका रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७) र ज्ञानेन्द्र सुवेदी (६४) छन् । प्रदेशसभामा मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने योजना अनुसार उनीहरु प्रदेशसभामा अनुपस्थित हुने भएका हुन् । एमाले सांसद किशोरचन्द्र दुलाल (६५) भने विदा लिएर यसअघि नै अमेरिका गएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending