Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

अन्ततः उपसभामुख भइन् विरामी, कोशी प्रदेशसभा बैठक अनिश्चित

खबरडबली संवाददाता

विराटनगर । अन्ततः पूर्वनिर्धारित योजना अनुसार नेकपा एमालेको निर्देशनमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार आजको लागि आफैंले बोलाएको प्रदेशसभा बैठक छलेर काठमाडौं हिँडेकी छन् ।

मुख्यमन्त्री उद्धब थापालाई विश्वासको मत लिन भददौ ४ गतेको मिति तोकेकी उपसभामुख दनुवार बैठककै दिन ‘विरामी’ भएको बहानामा काठमाडौं हिँडेकी हुन् ।

यसअघि नै उपसभामुख दनुवार कुनै न कुनै बहाना बनाएर बैठकमा अनुपस्थित भई विश्वासको मत लिने प्रक्रियामा अबरोध गर्ने चर्चा चलेको थियो । तर, उनले आफूले मर्यादित भूमिका निर्वाह गरेर सभा सञ्चालन गर्ने दावी गर्दै आएकी थिइन् । यसअघि सभामुख बाबुराम गौतमले पदीय मर्यादा विपरित सरकार निर्माणमा संलग्नता देखाएको भन्दै आलोचना भएकोमा उपसभामुख दनुवारले आफू त्यो बाटोमा नजाने जिकिर गरेकी थिइन् ।

सर्वोच्च अदालतले सभामुख गौतमको कदमलाई असंवैधानिक ठहर गर्दै उद्धब थापाको मुख्यमन्त्रीको नियुक्त मात्र बदर गरेन, सभाको अध्यक्षता गर्ने व्यक्तिको पदीय मर्यादा र गरिमासमेत सम्झाएको थियो । सभामुख गौतमले त्यसपछि राजीनामा दिएकोमा सभाको अध्यक्षताको जिम्मेवारी पाएकी उपसभामुख दनुवार पनि दलीय निर्देशनको शिकार भएकी हुन् ।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा ठिक्क बहुमत ४७ सांसदको समर्थनसहित मुख्यमन्त्री भएका थापालाई विश्वासको मत लिनबाट रोक्न उपसभामुख दनुवार विरामीको बहानामा काठमाडौं बाहिर हिँडेकी हुन् । त्यो संकेत एमालेका सांसद बुद्धिकुमार राजभण्डारीले आइतबार नै दिएका थिए । आइतबार उदयपुरकै विभिन्न कार्यक्रममा सहभागी भएकी दनुवार आफू बैठक सञ्चालन गर्ने पक्षमा रहेको बताएकी थिइन् ।

प्रदेशसभा बैठकअघि विहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । बैठक उपसभामुख दनुवारले नै राखेकी थिइन् । तर, ७ बजे यति एयरलाइन्सको विमानबाट काठमाडौं गएकी हुन् । उनी काठमाडौं पुगिसकेपछि प्रदेशसभामा उनको सचिवालयले विरामी भएकोले बैठकमा उपस्थित हुन नसकेको पत्र दर्ता भएको छ ।

दनुवारले पत्रमा सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्ष मण्डलबाट बैठक सञ्चालन गर्ने व्यवस्था रहेकोले इश्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्न भनेकी छन् । आइतबार आफैंले अध्यक्ष मण्डलमा रहेका जेष्ठ सदस्य एमालेकी मालतीकुमारी लिम्बू र राप्रपासका अम्बरबहादुर विष्टको विदा पत्रमा स्वीकृति दिएकी उनले उनीहरु विदामा रहेकोले त्यसपछिका जेष्ठ सदस्य मन्सुरीले बैठक चलाउन जिम्मा दिएको दनुवारको पत्रमा उल्लेख छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार उपसभामुख दनुवारले ८ बजे परामर्श समितिको बैठक राखेकोमा ९ बजे अनुपस्थित हुने पत्र आएको हो । उपसभामुखको पत्रपछि के गर्ने भन्ने विषयमा दलहरुबीच छलफल हुने उनले बताए । संभवतः आजको बैठक स्थगित हुने संभावना रहेको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेत भुपेन्द्र राईले प्रदेश संरचनालाई बद्नाम बनाउनेगरि एमालेले घुणित खेल खेलेको आरोप लगाए ।

प्रदेशसभा सञ्चालन नियमावली अनुसार सभामुख र उपसभामुख अनुपस्थित भएमा बैठक सञ्चालन अध्यक्ष मण्डलले गर्नेछ । प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) अनुसार सभामुखले यसअघि नै बैठक सञ्चालनको लागि ४ जनाको अध्यक्ष मण्डल तोकेका थिए ।

प्रदेशसभा सञ्चालनका लागि सभामुखउपसभामुखलाई सहयोग गर्न गठन भएको चार सदस्यीय अध्यक्ष मण्डलमा रहेकी एमालेकी मालती सुब्बाले आइतबार नै आजको बैठकमा अनुपस्थित हुने सूचना दिइसकेकी छन् । उनीसहित एमालेका ८ जेष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने जानकारी दिएका थिए । ‘घरायसी जरुरी काम’ भएका कारण उपस्थित हुन नसक्ने उनीहरुले उल्लेख गरेका छन् ।

सुब्बा अनुपस्थित हुँदा अध्यक्ष मण्डलमा रहेका राप्रपा अम्बरबहादुर विष्टले सभाको अध्यक्षता गर्नुपर्ने हो । तर, राप्रपाले आफ्ना सबै सांसदलाई बैठकमा अनुपस्थित हुन निर्देशन दिइसकेको छ । पार्टी केन्द्रले नै भोलिको बैठकमा अनुपस्थित हुनु भनेको विष्टले बताए ।

उपसभामुखले राजीनामा नदिएको अवस्थामा अध्यक्ष मण्डलमा रहेकी मालतीकुमारी लिम्बूलाई अनुपस्थित गराएमा पुग्ने थियो । तर, एमालेले सबै जेष्ठ सदस्यलाई अनुपस्थित गराउने निर्णय लिनुको पछाडि ‘फ्लोर क्रस’ को त्रासले काम गरेको छ । प्रदेशसभालाई विघटनमा जानबाट रोक्न थापालाई विश्वसको मत लिने वातावरण बनाइदिनुपर्छ भन्ने पनि बहस एमालेमा भएको बेला केहि सांसदले ‘फ्लोर क्रस’ गर्नसक्ने सूचना एमाले नेतृत्वमा पुगेको थियो । त्यहि अनुसार जेष्ठ सबैलाई अनुपस्थित हुन भनिएको एक एमाले नेताले बताए ।

प्रदेश सभा सचिवालयका अनुसार सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिने सांसदहरुमा एमालेका रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७) र ज्ञानेन्द्र सुवेदी (६४) छन् । प्रदेशसभामा मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने योजना अनुसार उनीहरु प्रदेशसभामा अनुपस्थित हुने भएका हुन् । एमाले सांसद किशोरचन्द्र दुलाल (६५) भने विदा लिएर यसअघि नै अमेरिका गएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE