काठमाडौं । सुन प्रकरणमा सीआईबीले पक्राउ गरेका ७ चिनियाँसँग नेपाली नागरिकता र राहदानी भेटिएको छ । साउन ३ गते बरामद भएको ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता भेटिएको हो ।
सातैजनाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको सीआईबीको अनुसन्धानबाट खुलेको छ । उनीहरुले सन् २०२१ र २२ मा काभ्रे प्रशासनबाट नेपाली नागरिकता र राहदानी लिएको खुलेको छ । चिनियाँले नेपाली राहदानी र नागरिकता लिएको विषयमा सीआईबीले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने तयारी गरेको छ ।
हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका उनीहरुको साथबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली नागरिकता र राहदानी बरामद गरेको बताइको छ । सुन प्रकरणका मुख्य नाइके भनिएका यो पुचेङलाई बिहीबार साँझ सिंहदरबारबाट सीआईबीले पक्राउ गरेको थियो ।
यस्तै बिहीबार साँझ नै ली वेङ सुङलाई पनि प्रहरीले लैनचौरबाट पक्राउ गरिसकेको छ । राजस्व अनुसन्धान विभागले पनि सुन ल्याउने चिनियाँ गिरोहका मुख्य नाइके उनीहरु ६ जना रहेको जनाएको छ । प्रहरीले बुधबार काठमाडौंबाटै सुन तस्करी प्रकरणमा चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा टियान पिङ, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई थिए । पक्राउमध्ये पिङ महिला र अन्य तीन पुरुष रहेका छन् ।
नेपाली युवतीसँग बिहे गरेर नेपाली नागरिकतासमेत लिएका दावा लामाले भने बेल्जियमको नागरिकता लिएका थिए । दावालाई राजस्व अनुसन्धान विभागले नै पक्राउ गरेको थियो । सुन प्रकरणमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई सुरुमा पक्राउ परेका थिए।
यस्तै तिब्बतीमूलका भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल पक्राउ परेका थिए । तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेका थिए ।
हङकङ हुँदै आएको सुन तस्करी प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् । यसअघि यस प्रकरणमा अनुसन्धान गरेको राजस्व अनुसन्धान विभागले पक्राउ परेका १८ मध्ये १७ जनालाई सीआईबीको जिम्मा लगाएको थियो । जसमा एकजना भने छुटिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: