झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना राजनीतिक दलका नेताहरूका लागि पहिला लुटेको सम्पत्ति लुकाउने समय अबको चार वर्ष मात्र रहेको बताएका छन् । झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित आमसभामा बोल्दै रास्वपाका सभापति लामिछानेले यस्तो बताएका हुन् ।
उनले २०८४ सालको निर्वाचनपछि आफ्नो पार्टी सरकारमा पुगेपछि लुटेका सबै सम्पत्तिबारे छानबिन गरेर एक–एक गरेर राज्यको सम्पत्ति लुट्ने नेताहरूलाई दण्डित गर्ने उनले दाबी गरे । ३२ वर्षमा लुटेको सम्पत्ति लुकाउनमा अबको चार वर्ष उनीहरू व्यस्त रहने उनको भनाइ थियो । उनले भने– ‘२०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि हेरौंला के गर्दा रहेछन्।’
अहिले चलिरहेका ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणलाई मुटु दह्रो बनाएर अनुसन्धान गर्ने हो भने केही नेताबाहेक प्रायः सबै नेताको बास जेलमा हुने लामिछानेको भनाइ थियो । उनले भने, ‘मुटु दह्रो बनाएर अनुसन्धान गर्ने हो भने धेरै नेताहरू बाँकी रहँदैनन्। मात्र तीन वटा फाइलले।’
इतिहासमा त्यस्ता भ्रस्टाचारका धेरै फाइल रहेका र कतिपय फाइल लुकाइएको अवस्थामा रहेका उनको दाबी थियो । आफूले आफ्नो निर्वाचन क्षेत्रमा गरेको कामको टीकाटिप्पणी हुने गरेकोमा उनले अन्य दलहरूलाई पनि त्यसरी काम गर्न चुनौती दिए । नेपाली राजनीतिमा सही मान्छेलाई अवसर दिनुभन्दा आफ्ना मान्छेलाई पोस्ने परम्परा बसेको उनले बताए।
झापामा भएको र्काक्रमलाई पार्टीका महामन्त्री मुकुल ढकाल, केन्द्रीय सदस्य रमेश प्रसाईं, सांसदहरू मनीष झा, निशा डाँगीलगायतले सम्बोधन गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: