दोलखा । दोलखाको दुर्गम गौरीशंकर गाउँपालिका–८ सल्लेका पहिरो पीडितलाई दुई हप्तापछि खाद्यान्न लगायत राहत पुर्याइएको छ । पहिरोले विस्थापित बनेर त्रिपालमा बसिरहेका सल्लेका ३४ परिवारलाई दुई महिनाका लागि पुग्ने खाद्यान्न लगायतका सामग्री पुर्याइएको हो ।
गौरीशंकर पुस्तकालय, एसबी जर्मन र रिड नेपालको सहयोगमा पहिरो पीडितलाई दुई महिनाका लागि आवश्यक खाद्यान्न लगायतका सामग्री पुर्याइएको पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिए ।
पहिराले क्षतिग्रस्त सडक खुलाएर कम्तिमा दुई महिनाका लागि आवश्यक खाद्यान्न लगायतका सामग्री पहिरो पीडितलाई वितरण गरिएको उनको भनाइ छ । पहिरो पीडितहरु त्रिपालमा कष्टपूर्ण रुपमा जोखिममा नै बसिरहेका अवस्थामा आफुहरुले पुर्याइएको १ सय ८० बोरा चामलसहित, नुन–तेल लगायतका सामग्रीले पहिरो पीडित ३४ परिवारलाई केही राहत मिलेको उनले बताए ।
सल्ले पुग्ने सडक नभएका कारण पहिरो पीडित एक घन्टा हिँडेर राहत लिन आएको उनले बताए । पहिरो पीडित अस्थायी रुपमा बसेका गोठहरु त्रिपाल अभावमा चुहिएको गुनासो गरेकाले त्रिपालसहितका थप सामग्री सहयोग जुटाएर पठाउने उनको भनइ छ ।
यस्तै, पहिरो पीडितलाई दोलखा–कोरिया समाजले ३० थान ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको छ । समाजले कोरियामा बस्दै आएका दोलखाली लगायतबाट आर्थिक सहयोग उठाएर सिलिन्डर र चुल्हो वितरण गरेको हो । साउन १८ गते गएको पहिरोले सल्लेका ३४ घर विस्थापित बनेका थिए । यस्तै, सोही क्षेत्रबाट खसेको पहिराले अर्को वडा नं ७ को टोपाटारमा घर पुरिँदा दुई जनाको मृत्यु, हुनुका साथै दुई जना बेपत्ता बनेका थिए । बेपत्ता भएकाहरु अझै फेला पर्न सकेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: