गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको सरकारको अभियानले भ्रष्टाचारी, तस्कर, ठग, सुदखोर, अपराधीहरू आत्तिएको बताएका छन् ।
गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारको अभियानले भ्रष्टाचारी, तस्कर, ठग र सुदखोरहरू आत्तिएको बताएका हुन् ।
उनले सरकारले चलएको अभियनलाई कसरी भाँजो हाल्न सकिन्छ भनेर विभिन्न षड्यन्त्र पनि भइरहेको बताए । ‘नेपाली समाजमा राम्रो प्रवृत्ति पनि छ, खराब प्रवृत्ति पनि छ, भ्रष्टाचारविरुद्ध अभियान जति अघि बढ्दै गएको छ, तस्करहरूविरुद्धको अभियान जति अघि बढ्न खोज्दैछ, आम मिटरब्याजपीडितलाई न्याय दिन मिटरब्याजीविरुद्धको अभियान चल्दैछ, जति–जति सुशासनको अभियान चल्दैछ, भ्रष्टाचारी, तस्कर, ठग, सुदखोर, अपराधीहरू आत्तिएका छन्,’ उनले भने ।
राम्रो काम गर्न खोज्दा नराम्राहरूले सहजै अघि बढ्न नदिने प्रवृत्ति रहेको पनि गृहमन्त्री श्रेष्ठको भनाइ छ । ‘अभियानलाई अघि बढ्न नदिन कसरी भाँजो हाल्न सकिन्छ, कसरी त्यस कामलाई रोक्न सकिन्छ भनेर विभिन्न षड्यन्त्रहरु भइरहेका छन्,’ उनले भने,‘तस्कर, भ्रष्टाचारी, ठग र त्यसका संरक्षक सल्बलाए भनेर सरकार तैं चुप मै चुप बस्ने, पहिले जे छ त्यस्तै होस भन्ने पक्षमा छैन ।’
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र अपराधी पनि नछुट्ने प्रतिबद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: