Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने सिटिजन्स बैंकका सात कर्मचारी प्रहरी फन्दामा

खबरडबली संवाददाता

काठमाडौं । सिटिजन्स बैंकका सात कर्मचारी बढुवा हुन खोज्दा पक्राउ परेका छन् । उनीहरु अधिकृत स्तरको तहमा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ परेका हुन् । 

सिटिजन्स बैंकका थप एक जना कर्मचारी पक्राउ परेका छन्। प्रहरीले बिहीबार बैंकका कर्मचारी दलबहादुर पुनलाई पक्राउ गरेको हो । यो सँगै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा हुन खोज्ने सिटिजन्स बैंकका पक्राउ पर्ने कर्मचारीको संख्या सात पुगेको छ । प्रहरीका अनुसार पक्राउ परेका सबैले प्रविणतापत्र तह पास गरेर सहायक स्तरमा बैंकका प्रवेश गरेका थिए । 

अधिकृत स्तरको तहमा बढुवा हुनका लागि उनीहरुले पेस गरेको स्नातक तहको प्रमाणपत्र नक्कली भएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु कोहीले भारतको दिल्ली तथा हिमाञ्चल लगायतका प्रदेशका विश्वविद्यायको नाममा नक्कली शैक्षिक प्रमाणपत्र बनाइएको पाइएको छ। 

भारतमा अध्यन गरेको प्रमाणपत्र नेपालमा त्रिभुवन विश्वविद्यालयले इक्यूभ्यालेन्ट गरेपछि मात्र वैधानिक मानिन्छ । तर उनीहरुले उक्त इक्यूभ्यालेन्टसमेत नक्कली बनाएको पाइएको छ । अधिकृत स्तरको तहमा बढुवाका लागि उनीहरुले पेस गरेको प्रमाणपत्रमा शंका लागेपछि बैंकले त्रिभुवन विश्वविद्यालयमा पुष्टिका लागि पठाएको थियो। 

त्रिभुवन विश्वविद्यालयले जाँच गर्दा प्रमाणपत्र र इक्यूभ्यालेन्टसमेत नक्कली बनाएको पाएपछि बैंकलाई जानकारी गराएको थियो। त्यसपछि बैंकले छानबिनका लागि प्रहरीलाई पत्राचार गरेको थियो । 

यसअघि यो प्रकरणमा ६ जना बैंकका कर्मचारी पक्राउ परिसकेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो ।

यसअघि पक्राउ पर्नेहरूमा सिटिजन्स बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिशा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्ट रहेका छन् ।

यो प्रकरणमा प्रहरीले तीन जना अन्य कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यस्तै अन्य सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गराउनका लागि अदालतबाट अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending