काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । आन्दोलनको परिवर्तित स्वरुप निर्माण व्यवसायीले बुधवार ७ प्रदेश र ७७ जिल्ला निर्माण व्यवसायी संघहरूले आ—आफ्नो कार्यालयमा महासंघको नौ बुँदे माग सहितको ब्यानर प्रदर्शन गरेका छन् ।
सरकारले छलफलका लागि औपचारिक पत्राचार गरेपछि महासंघले सडक धर्नाका कार्यक्रम तत्कालका लागि स्थगित गरी सांकेतिक विरोध प्रदर्शन शुरु गरेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
सरकारी वार्ता टोलीसँगको छलफल अवधिभर आजको सांकेतिक विरोध प्रदर्शनीलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।
यसैबीच सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा गठित कार्यदलसँग महासंघका मागहरूका विषयमा छलफल गर्न महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको महासचिव रोशन दाहालद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यदलका सदस्यहरूमा महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष यक्षध्वज कार्की, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल र कार्य समिति सदस्य ई. उत्तम भट्ट रहेका छन् ।
महासंघघले आफ्नो आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्ने प्रमुख दलका नेताहरू, निजी क्षेत्रका सबै प्रतिनिधिमूलक संघ संस्थाहरू सहित आन्दोलनको समाचारलाई प्राथमिकताका साथ स्थान दिने सबै सञ्चार माध्यमहरूलाई विज्ञप्ति मार्फत् धन्यवाद दिएको छ ।
अर्बौँ रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका ९ बुँदे माग राखी महासंघ साउन १४ गतेदेखि आन्दोलनरत छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: