Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

विशेष अभियानमा माओवादीले ताेक्याे केन्द्रदेखि वडासम्मकाे जिम्मेवारी

खबरडबली संवाददाता

काठमाडौं । माओवादी केन्द्रले घोषणा गरेको ‘जनतासँग माओवादी रूपान्तरण विशेष’ तीन महिने अभियानलाई सफल बनाउन केन्द्रदेखि वडासम्मकाे जिम्मेवारी ताेककेकाे छ । पार्टीले सबै प्रदेशमा संयोजन समितिको संरचना तयार गरेको हाे । 

भदौ १६ देखि सुरु हुने अभियानलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  जुममार्फत ७५३ वटै पालिकामा एकसाथ अभियानको उद्घाटन गर्ने बताइएकाे छ । पार्टीले मातहतका कमिटीलाई पठाएको परिपत्रमा अभियानलाई प्रदेश इञ्चार्जहरूले आ–आफ्नो प्रदेशको समेत अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ । 

अभियानलाई सफल बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरू र प्रदेश अध्यक्ष पदेन सदस्य रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान सञ्चालन सचिवालय गठन गर्ने व्यवस्था गरिएको छ ।

कसको जिम्मेवारी के ?

प्रदेश इञ्चार्जहरुले आ–आफ्नो प्रदेशको अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ ।अभियानलाई प्रभावकारी बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरु र प्रदेश अध्यक्ष पदेन रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान सञ्चालन सचिवालय गठन गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

स्थायी समिति सदस्य नरहेका प्रदेशहरुमा वा स्थायी समिति सदस्यहरु भएपनि केही वरिष्ठ केन्द्रीय सदस्यहरु समेत समावेश गर्नुपर्ने आवश्यकता देखिएमा सोही अनुसार समावेश गरी अभियान सञ्चालन सचिवालय गठन गर्न सकिने छ ।

अभियान सञ्चालन सचिवालयमा प्रदेश सभाका दल नेताहरु नपरेमा, दल नेताहरुलाई आमन्त्रित गर्ने व्यवस्था गरिएको छ । अभियानमा सम्पूर्ण जनवर्गीय संगठन मोर्चाहरुलाई परिचालन गर्नका लागि जनवर्गीय संगठन मोर्चाहरुको प्रकृति अनुसार पदाधिकारीको नेतृत्वमा संयोजन समिति बनाएर सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

तीन महिने अभियानलाई वडा केन्द्रित गर्ने व्यवस्था गरिएको छ । वडा केन्द्रित अभियानको नेतृत्व केन्द्रीय सदस्य/आयोग सदस्य/सल्लाहकार आदि केन्द्रीय निकायको वरिष्ठ सदस्यले गर्नेछ ।

एउटा अभियान टोलीको जिम्मामा १०/११ वडाहरु पर्न सक्नेछन् । जिम्मेवारी तोकिएका बाहेक अन्य नेताहरुको कार्यविभाजन आ–आफ्नो मतदाता नामावली भएको वडामा अभियानमा जोडिने व्यवस्था गरिएको छ । पार्टी केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म कुनै न कुनै वडाको अभियानमा सहभागी हुने व्यवस्था गरिएको छ ।

अभियान टोलीमा सोही क्षेत्रमा खटिरहेका पार्टी कमिटीका नेताहरू, सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरु, सोही क्षेत्रका जनवर्गीय संगठन  मोर्चाका सदस्यहरु सहभागी हुने व्यवस्था गरिएको छ । उपत्यकाका– काठमाडौँ, ललितपुर र भक्तपुरको अभियानको लागि बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त टोलीले अभियान सञ्चालन गर्नेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending