काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराईले घर खोलामाथि भएको भए, तत्कालीन कपन गाविसको मापदण्डविपरीत बनेको भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताएका छन् ।
उनले मिडियामा वडाध्यक्षकै घर खोलामाथि भन्दै भ्रम फैलाइएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । आफ्नो घर खोलामाथि नरहेको बताउँदै घर रहेको जग्गा २०४९ सालतिर बुबाले खरिद गरिएको र घर निर्माण गर्दा साविक कपन गाविसको मापदण्डबमोजिम नक्सा पास गरी निर्माण सम्पन्न प्रमाणपत्र समेत लिइएको आफूसँग प्रमाण सुरक्षित रहेको बताएका छन् ।
नगर प्रवक्तासमेत रहेका भट्टराईले आधारहीन कुराले आफ्नो र परिवारको प्रतिष्ठामा गम्भिर आघात र सामाजिक प्रतिष्ठामा असर पुगेको गुनासो समेत गरेका छन् । दुई वर्षअघिको डुबानको कुरालाई लिएर पूर्वाग्राहीरूपमा अहिले तोडमोड गरिएको उनको भनाइ छ ।
उनले आफ्नो घर रहेको स्थानको पुरानो खोला करिडोरमा आज पनि सयौंका संख्यामा तत्कालीन कपन गाविसको मापदण्ड पूरा गरी बनाइएको घरहरू सुरक्षित रहेको बताएका छन् । उनले आफ्नो घरअगाडि आज पनि पुरानो खहरेको वालबाट करिब ११ फिट सेट व्याक छोडी घर निर्माण गरिएको फिल्डमा स्पष्टरूपमा देख्न सकिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: