Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

६६ करोडबढीले घट्यो टेलिकमको नाफा

खबरडबली संवाददाता

काठमाडौं ।  गत आर्थिक बर्ष २०७९/०८० मा नेपाल टेलिकमको खुद मुनाफामा गिरावट आएको छ । अघिल्लो आवमा ८ अर्व ४७ करोड ७ लाख ३३ रुपैयाँ नाफा कमाएको टेलिकमको यस्तो नाफा गत आवमा ७ अर्ब ८० करोड ४५ लाख २६ हजार रुपैयाँमा सीमित भएको हो । 

अघिल्लो आवको तुलनामा ६६ करोड ६२ लाख ७ हजार रुपैयाँले टेलीकमकाे नाफा कम भएकाे हाे । खुद नाफामा गिरावट आए पनि कम्पनीको कुल आय भने ३६ लाख १६ हजार अर्थात् १.११ प्रतिशतले वृद्धि भएको देखिन्छ । अघिल्लो आवको चौथो त्रैमासमा ४४ अर्व ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँ कुल आय रहेकोमा समीक्षा अवधिमा भने यस्तो आम्दानी बढेर ४४ अर्व ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँ पुगेको हो । 

कम्पनीको सञ्चालन मुनाफा रकम भने १ अर्ब ११ करोड ५८ लाख ५८ हजार रुपैयाँ अर्थात २.९४ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आवमा ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रुपैयाँ यस्तो आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा सो रकम ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रुपैयाँमा सीमित गरेको हो । गत आवको असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा रहेको छ । 

कम्पनीले रोमिङ सेवाको बढ्दो प्रयोगको कारण यस वर्षको आयमा गत वर्षको तुलनामा २२ करोड ४६ लाखले वृद्धि हुनु, सेवा सञ्चालनसँग प्रत्यक्ष रूपमा सम्बन्धित खर्चहरूमा वृद्धि हुनु, बैङ्क ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब ८५ करोड ७७ लाख रुपैयाँले बढ्दा खुद मुनाफामा प्रभाव परेको जनाएो छ । 

त्यस्तै, बिदेशी विनिमय दरमा भएको परिवर्तनको कारण २२ करोड २४ लाख रुपैयाँ फोरेन एक्सचेन्ज गेन भएको कम्पनीले जानकारी दिएको छ ।  

डामेस्टिक अन्तरआवद्धता शुल्क (ट्यारिफ)मा परिमार्जन भएको,  कम्पनीद्वारा व्यापक रुपमा देशैभरी फोरजी सेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि भएको र सस्तो दरका डाटा प्याकेजहरू बढ्दै गएको कारण ओटिटि सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्तरआवद्धता आयमा करिब ६८ करोड ३७ लाख रुपैयाँले घट्दा नाफा घटेको कम्पनीको भनाइ छ । 

मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरु समयमा सञ्चालन हुन नसक्नु र  आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा तुलनात्मक रूपमा कमी आएको कारणले पनि नाफामा दबाव पुगेको टेलिमकले जानकारी दिएको छ । 

कोभिड–१९ को कारण बिगत केही वर्षदेखि सञ्चालन हुन नसकेको क्षमता अभिवृद्धिका कार्यक्रमहरु यस वर्ष संचालन हुनु र गत वर्ष कर्मचारीहरुको तलबमा भएको वृद्धिको कारण यस वर्ष कर्मचारीसँग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि तथा विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको कम्पनीले जनाएको छ।  

‘राष्ट्रको सञ्चार’ भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको कम्पनीको जिकिर छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending