Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

सिन्धुलीमा भएका तीन छुट्टा छुट्टै दुर्घटनामा ७ जना घाइते

खबरडबली संवाददाता

सिन्धुली । सिन्धुलीमा सोमवार र मंगलवार भएको तीन छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । मंगलवार सुनकोसी गाउँपालिका –५ मुल्कोट नजिकै बिपी राजमार्गमा ट्रकको पछाडि एम्बुलेन्स ठोकिदा एम्बुलेन्समा सवार चार जना घाइते भएका छन् ।

बर्दिबासबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८८०० नम्बरको ट्रकको पछाडि सोही दिशाबाट जाँदै गरेको बा २ झ ३१०७ नम्बरको बर्दिबास नगरपालिकाको एम्बुलेन्स ठोकिदा तीन जना मध्यम घाइते र एक जना सामान्य घाइते भएका हुन् ।

घाइते चार जनाको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सोमवार राती बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका –४ हिरा पानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । चियाबारी बाट सिन्धुलीमाढी तर्फ आउँदै गर्दा ज १२ प ७६३६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित सडकको नालामा खसी दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि बिएनबि अस्पताल ललितपुर पठाइएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।

सोमवार दिउँसो मध्य पहाडी लोक मार्ग अन्तर्गत फिक्कल गाउँपालिका – ४ खाङसाङ बजारमा टोएटा पिकप र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

ओखलढुंगाबाट काठमाडौँ जाँदै गरेको बिएबि ९७९३ नम्बरको टोएटा पिकप र विपरीत दिशाबाट आउँदै गरेको  ओखलढु‌ंगाको सुनकोसी गाउँपालिकाको बागमती प्रदेश ०२–००१–ब ६०२४ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन्  । उनीहरूको मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending