Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

लोपोन्मुख प्रजातिका सतिसाल र सादनको वृक्षरोपण

खबरडबली संवाददाता

बाँके । शमशेरगञ्ज सव डिभिजन वन कार्यालय बाँकेले लोपोन्मुख प्रजाति सतिसाल र सादनको बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा बासस्थान वृद्धिका लागि वृक्षरोपण सुरुवात गरेको छ । 

गत आर्थिक वर्ष २०७९र८० मा मात्रै कार्यालयले सतिसालका करिब २५ हजार र सादनको करिब २० हजार बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा वितरण तथा वृक्षरोपण सुरुवात गरेको कार्यालयका सहायक वन अधिकृत सुशील सुवेदीले बताए । 

सहायक वन अधिकृत सुवेदीका अनुसार डाँले घाँस, कृषि औजार, फर्निचरका लागि अत्यधिक दोहन तथा हात्ती, चित्तल जस्ता जनावरले यी प्रजातिका घाँस अत्यधिक रुचाउने भएकाले वृक्षरोपण गरिएको हो । यी प्रजातिहरुको संरक्षण गर्न, यिनको प्राकृतिक बासस्थानको बढाइ बंशाणुगत विविधता ल्याउन डिभिजन वन कार्यालय बाँकेले यो वृक्षरोपण गरेको उनको भनाइ छ । 

सतिसाल र सादन बाँके जिल्लाको राष्ट्रिय निकुञ्जको कोर क्षेत्र र मुगुवा खोला किनारका क्षेत्रमा मात्र सीमित छ । पहिले प्रशस्त पाइने यो प्रजाति विस्तारै लोपहुँदै गइरहेकोमा डिभिजन वन कार्यालय बाँकेले सो प्रजातिको संरक्षण प्लट स्थापना गरेको सहायक वन अधिकृत सुवेदीले बताए । 

यो वर्ष यी दुवै प्रजातिको राम्रो बीउ वर्ष भएका कारण प्रशस्तै बीउ सङ्कलन गरी बिरुवा उत्पादन गरिएको र उत्पादित बिरुवालाई बाँकेको बैजनाथ, खजुरा, राप्तीसोनारी गाउँपालिका सम्भावित बासस्थानमा रोपण गरिएको उनले बताए । 

साथै जाजरकोट, डडेलधुराबाटसमेत यी प्रजातिको माग आइरहेको हुँदा सो स्थानमा पनि यी प्रजातिको बासस्थान विस्तार गरिने योजना रहेको सहायक वन अधिकृत सुवेदीले बताए । यी प्रजातिका अलावा सव डिभिजन वन कार्यालयले बकाइनो, शिरिष, सागवान, काभ्रो, अमला, सेतो चन्दनलगायतका उपभोक्ताले माग गरेका बिरुवा करिब एक लाख गोटा उत्पादन गरी वितरण गर्दै आएको छ । 

उत्पादित बिरुवा निजी तथा सार्वजनिक जग्गा, सामुदायिक वन क्षेत्र, धार्मिक वन क्षेत्र, मध्यवर्ती वन क्षेत्र लगायतमा रोपण गरिएको छ । वन परियोजना तथा लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा बिरुवा उत्पादनका गरिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending