दार्चुला । दार्चुला जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको एक महिनामा उक्त रहेका सम्बन्धविच्छेदका मुद्दाको तथ्याङ्कले त्यस्ता मुद्दाको सङ्ख्या बढ्दै गएको देखाएको हो ।
गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका मुद्दाहरुमध्ये २४ दशमलव ८७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदसम्बन्धी थिए भने चालु आर्थिक वर्षको एक महिनामा यस्ता मुद्दाको प्रतिशत ३६ दशमलव ३६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा दर्ता भएका दुई सय पाँचमध्ये ५१ मुद्दा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा रहेको अदालतका सूचना अधिकारी गणेशबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ४६ मुद्दा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका हुन् भने पाँच मुद्दा नयाँ रहेका छन् । त्यस्तै चालु आर्थिक वर्षको दुई महिनामै आठ नयाँ मुद्दा दर्ता भएका छन् ।
चालु आर्थिक वर्षको दुई महिनामा आठ नयाँ र १३ गत वर्षबाट जिम्मवारी सरी आएका गरी २१ सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको सूचना अधिकारी विष्टले बताउनुभयो । आव २०७८/७९ मा भने सम्बन्धविच्छेदसम्बन्धी ४७ मुद्दा थिए । गत वर्ष एकजोडीले मुद्दा फिर्ता लिएकै दोस्रो दिन पुनः सम्बन्धविच्छेदका लागि निवेदन दिएर सम्बन्धविच्छेद गराएका थिए । सम्बन्धविच्छेदका लागि पुरुषभन्दा महिलाहरुले बढी मुद्दा दिएको पाइएको छ ।
अदालतका अनुसार आव २०७९÷८० मा अभिलेख कायम गरिएका ४९ सम्बन्धविच्छेदका मुद्दाहरुमध्ये ६५ प्रतिशतभन्दा बढी ९३३जना०महिलाहरुका तर्फबाट उजुरी परेका थिए भने पुरुषहरुको सङ्ख्या १६ मात्रै रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: