Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा

खबरडबली संवाददाता

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचार-प्रसारको कमीले ओझेलमा परेको हो।

यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीयवासी शिवकुमार विष्टले बताए। सुन्दर स्थलमा रहेको यो देवस्थल प्रसार-प्रसारको कमीले ओझेलमा परेको उनको भनाइ छ।

यसको महत्वलाई देश-विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ।

यो स्थानमा तिज, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी तथा विभिन्न अवसरमा मेला लाग्ने गरेको छ। “यो शिवपञ्चायन मन्दिर प्रचारको कमीले ओझेलमा परेको छ”, उनले भने, “प्रसिद्ध टेम्केडाँडाको काखमा रहेको यो स्थान ओझेलमा पर्नु दुःखको कुरो हो। हामी अहिले स्थानीयस्तरबाट प्रचार-प्रसारमा जुटेका छौं। राम्रो प्रचार गर्न सके यसले यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ।”

चिताएको पुग्ने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ आउने गरेको स्थानीयवासी गोरखबहादुर विष्टले बताए। मन्दिर स्थापनासँगै संरक्षणको काम गरेपछि यहाँ आउने मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएको उनको भनाइ छ।

प्राकृतिकरूपमा निकै सुन्दर मानिने यो ठाउँको विकासमा मन्दिर स्थापनाले टेवा पुगेको स्थानीयवासीको भनाइ छ।

मन्दिरमा शिव, गणेश, सूर्य, विष्णु, देवीको गरी पञ्चायन भगवान्को मूर्ति छन्। धार्मिक पर्यटन तथा धार्मिक सहिष्णुता बढ्ने स्थानीयले बताएका छन्।

“हाम्रो यो ठाउँमा धार्मिक पर्यटन प्रवर्द्धनको उद्देश्यले शिवपञ्चायन मन्दिरको स्थापना गरेका छौँ”, स्थानीय शिक्षक नुरी शेर्पाले भने, “यहाँ हामी सबै जातजातिको बसोबास छ। हाम्रो शेर्पा समुदायको बाहुल्यता रहेको ठाउँमा गुम्बा निर्माण गरेका छौँ। यसले हामीबीचको धार्मिक सहिष्णुतालाई अझ बलियो बनाएको छ।”

मन्दिर निर्माण तथा आवश्यक संरक्षणका लागि स्थानीय देवबहादुर विष्टले निःशुल्क जग्गा दिएका हुन्। “यो ठाउँमा मन्दिर निर्माणसँगै आवश्यक संरचना निर्माणका लागि मैले जग्गादान गरेको छु” उनले भने, “यसले यहाँको संरक्षण तथा विकासमा टेवा पुगेको छ। मन्दिर निर्माणसँगै धार्मिक पर्यटकको आवागमन बढ्छ भन्ने मैले विश्वास लिएको छु।”

गाउँपालिका र वडा कार्यालयको रु तीन लाख लागत र स्थानीयले श्रमदान गरेर यहाँ मन्दिर निर्माणसँगै आवश्यक संरक्षणको काम गरेका हुन्।

गाउँपालिकाभित्रका धार्मिक तथा ऐतिहासिक क्षेत्रको पहिचान गरेर विकासका लागि काम गर्ने गाउँपालिकाले जनाएको छ। यो ठाउँको शिरमा प्रसिद्ध धार्मिकस्थल टेम्केडाँडा रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने टेम्केमैयुङ-५ का वडाध्यक्ष सुनिल राईले बताए। मन्दिर निर्माण तथा संरक्षणले आन्तरिक तथा बाह्य पर्यकटसमेत वृद्धि हुने वडाध्यक्ष राईको भनाइ छ।

“यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा काम गरिरहेका छौं”, वडाध्यक्ष राईले भने, “धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विकास गरेर यहाँको आर्थिक पक्षमा जोड्ने हाम्रो लक्ष्य छ ।”

धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार-प्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन गाउँपालिकाले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending