Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

हत्या गरेर फरार भएका शिवराम परिचय फेरेर ६ वर्षपछि कारगारमै भेटिए

खबरडबली संवाददाता

काठमाडौं ।  काठमाडौंको बल्खुमा २०७४ पुस ३० गते अपरान्ह ५० वर्षीया अप्सरा भनिने नारायणी तिमल्सिना शरिरमा चोट लागेको अवस्थामा मृत भेटिएकी थिइन् ।  तर हत्याराको पत्तो लागेन । प्रहरीले मृतकको साथबाट बरामद भएको मोबाइलका आधारमा उनको हत्या धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थायी घर भएका ४६ वर्षीय शिवराम अधिकारीले गरेको निष्कर्ष निकालेको थियो ।

झन्डै ६ वर्षअघि काठमाडौंमा भएको एक हत्यामा संलग्न व्यक्ति शिवराम यतिबेला केन्द्रीय कारागार सुन्धारामा भेटिएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थायी घर भएका ४६ वर्षीय शिवराम अधिकारी केन्द्रीय कारागार सुन्धारामा भेटिएका हुन् ।  तर, उनी हत्याको घटनामा सजाय पाएर  भने जेल परेका होइनन् । चोरी गर्दा गर्दे पक्राउ परेका उनी परिचय बदलेर अर्जुन अधिकारीको नाममा कारागारमा भेटीएका हुन् । 

त्यसयता प्रहरीले शिवरामको खोजी गरिरहेको थियो । तर, परिवारले घटना भएको दिनदेखि शिवराम सम्पर्कबाहिर रहेको बताउँदै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त घटनाको फलोअप गर्दै हालै शिवरामको परिवार बस्ने घर पुगेर सोधखोज गरेको थियो ।

यस क्रममा शिवरामकी श्रीमतीको केन्द्रीय कारागारमा कसैसँग नियमित सम्पर्क भएको पाइएको  प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनको सम्पर्कमा रहेका व्यक्ति अर्जुन अधिकारी भएको पुष्टि भयो । तर, गहिरो अनुसन्धानपछि प्रहरी नै जिल्ल पर्यो । हत्या अभियुक्त शिवराम नै अर्जुन अधिकारीका नाममा जेल सजाय भोगिरहेका रहेछन् ।

प्रहरीका अनुसार पक्राउबाट जोगिनका लागि हत्यापछि शिवरामले आफ्नो परिचय फेरेका थिए । घटनापछि उनी चोरी गर्दागर्दै समातिए । प्रहरीलाई उनले आफ्नो नाम अर्जुन अधिकारी बताएका थिए । चोरी मुद्दामा अदालतले तीन वर्ष जेल सजाय सुनाएपछि शिवराम केन्द्रीय कारगारमा सजाय भुक्तान गरिरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending