काठमाडौं । काठमाडौंको बल्खुमा २०७४ पुस ३० गते अपरान्ह ५० वर्षीया अप्सरा भनिने नारायणी तिमल्सिना शरिरमा चोट लागेको अवस्थामा मृत भेटिएकी थिइन् । तर हत्याराको पत्तो लागेन । प्रहरीले मृतकको साथबाट बरामद भएको मोबाइलका आधारमा उनको हत्या धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थायी घर भएका ४६ वर्षीय शिवराम अधिकारीले गरेको निष्कर्ष निकालेको थियो ।
झन्डै ६ वर्षअघि काठमाडौंमा भएको एक हत्यामा संलग्न व्यक्ति शिवराम यतिबेला केन्द्रीय कारागार सुन्धारामा भेटिएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थायी घर भएका ४६ वर्षीय शिवराम अधिकारी केन्द्रीय कारागार सुन्धारामा भेटिएका हुन् । तर, उनी हत्याको घटनामा सजाय पाएर भने जेल परेका होइनन् । चोरी गर्दा गर्दे पक्राउ परेका उनी परिचय बदलेर अर्जुन अधिकारीको नाममा कारागारमा भेटीएका हुन् ।
त्यसयता प्रहरीले शिवरामको खोजी गरिरहेको थियो । तर, परिवारले घटना भएको दिनदेखि शिवराम सम्पर्कबाहिर रहेको बताउँदै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त घटनाको फलोअप गर्दै हालै शिवरामको परिवार बस्ने घर पुगेर सोधखोज गरेको थियो ।
यस क्रममा शिवरामकी श्रीमतीको केन्द्रीय कारागारमा कसैसँग नियमित सम्पर्क भएको पाइएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनको सम्पर्कमा रहेका व्यक्ति अर्जुन अधिकारी भएको पुष्टि भयो । तर, गहिरो अनुसन्धानपछि प्रहरी नै जिल्ल पर्यो । हत्या अभियुक्त शिवराम नै अर्जुन अधिकारीका नाममा जेल सजाय भोगिरहेका रहेछन् ।
प्रहरीका अनुसार पक्राउबाट जोगिनका लागि हत्यापछि शिवरामले आफ्नो परिचय फेरेका थिए । घटनापछि उनी चोरी गर्दागर्दै समातिए । प्रहरीलाई उनले आफ्नो नाम अर्जुन अधिकारी बताएका थिए । चोरी मुद्दामा अदालतले तीन वर्ष जेल सजाय सुनाएपछि शिवराम केन्द्रीय कारगारमा सजाय भुक्तान गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: