ओखलढुंगा । पछिल्लो समय कतिपय स्थानीय तहका जनप्रतिनिधिहरु जनतामाझ लोक प्रिय बन्दै गएका छन् । जनताको घरघरमा सेवा प्रवाह देखी समाजिक कामले जनप्रतिनिधिहरु जनताको मनमनमा बस्न सफल भएका हुन् ।
यस्तै उदाहरणिय बनेका छन् ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवार । उनको यो दोस्रो कार्यकाल हो पहिलो कार्यकालमा पनि जनताको घरघरमा पुगेर सेवा गर्दे आएका सुनुवारको दोस्रो कार्यकालमा पनि जनताको सुखदुखका साथी बनी रहेका छन् । उनी आफ्नो वडामा अफ्ट्यारो पर्दा बिरामी बोक्न देखी जनता सँगसगै हरेक काम गरी रहेका हुन्छन् ।
पर्यटन प्रवर्धनमा वडामा भएका स्थलहरुको पहिचान गरीगाउँपालिका तथा प्रदेशर संघिय सरकारलाई घचघच्याउने काम पनि गरी रहेका छन । गाउँपालिकाकै पर्यटकीय सथान सेफ्ली झरना पनि यही वडामा रहेकाे हुँदा अन्य स्थानकाे पहिचान र प्रवर्धनमा उनी लागी परी रहेका छन् ।
पछिल्लो समय उनले वडामा एक उदाहरणिय निर्णय गरेका छन् । मोलुङ– ७ पात्लेको शिक्षा समितिको बैठक राखि उनले आफु नउठे अरु नउठ्ने भन्दै वडाबासीलाई आफ्नो अनुभव एक दिन विद्यालयलाई भन्ने नारा अघि सारेका छन् ।
आफ्नो अध्ययन सकि गाउँ छाडेका जोकोहीले पनि आफ्नो अनुभव एकदिन विद्यालयलाई दिनु पर्ने निर्णय गरीएको उनले बताए । हरेक क्षेत्रमा काम गर्ने सबै वडा बासीले गाउँमा रहेका दुई माध्यमिक विद्यालयमा आफ्नो अनुभव विद्यार्थीलाई सुनाउनु पर्ने र उनीहरुबाट विद्यार्थीले केही सक्निे हुँदा विद्यार्थीलाई भविष्यको बाटो रोज्न सजिलो हुने भएकाले यो निर्णय गरीएको बताए ।
विशेष गरेर मोलुङ गाउँपालिकाको वडा नं. ७ को पात्लेका स्थानीय अधिकांश पर्यटन व्यवसायमा रहेका हुँदा पनि विद्यार्थीलाई उनीहरुले आफ्नो अनुभव सुनाउँदा पर्यटन क्षेत्रमा साना नानीहरुको पनि आकार्षण बढ्ने उनको भनाइ ।
साथै वडामा रहेका स्थानीय कर्मचारी, शिक्षक, जनप्रतिनिधि र विद्यालय व्यवस्स्थापन समितिका सदस्यहरुले आफ्ना छोरा छोरीहरुलाई अनिवार्य सामुदायिक विद्यायलयमा अध्ययन ग।राउनु पर्ने नियम पनि लागु गरीएको सुनुवारले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: