Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

नई एकेडेमी अस्ट्रेलियाको वुमन अवार्ड तथा तीज महोत्सव भव्य रुपमा सम्पन्न

खबरडबली संवाददाता

सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले तीज महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।११ अगष्ट ग्रानभिलको रातो घरमा एकेडेमीले अस्ट्रेलिया भर रहेका विभिन्न विधामा उत्कृष्ट नारीहरुलाई “नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर( २०२३” अवार्डद्धारा सम्मान गर्नुका साथै तीज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो ।

कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनएका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेल, नेपाली समाजकी अगुवा ईन्द्रा वन, एनएसडब्ल्यू पार्लामेन्ट सदस्य डोना डेविस,  नारी निकुञ्जकी पूर्व अध्यक्ष प्रतिज्ञा अधिकारी,अनेसा  पूर्व अध्यक्ष सानु घिमिरे,  एनआरएनए आईसी सदस्य रमेश अधिकारी, एनआरएनए सह कोषाध्यक्ष रोजी पन्थ,नारी निकुञ्ज एनएसडब्ल्यू अध्यक्ष सवला बस्नेत  नारी निकुञ्ज पूर्व  डेप्युटी कोअर्डिनेटर भवानी पराजुली र रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल, लगायतको उपस्थिति रहेको थियो ।

नई एकेडेमी अस्ट्रेलियाकी अध्यक्ष सिमा रोशीले सबैलाई स्वागत गर्दै संस्थाको बारेमा जानकारी प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष नन्द गुरुङले एनआरएनएको एउटा उद्धेश्य कला संस्कृतिलाई अगाडी बढाउनु रहेको भन्दै यस्ता कार्यक्रमले नेपाली संस्कृति कला र भाषाको उत्थानका लागि योगदान दिने बताए । उनले यस्ता कार्यक्रम प्रति आफ्नो सदैव सदासयता रहने बताए ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले हालै निर्वाचित एनआरएनएको नयाँ समिति सक्रिय रहेको भन्दै कला संस्कृतिको उत्थानका लागि यस्ता कार्यक्रम आयोजागर्ने र यस्ता संघ संस्थासगं सहकार्य गरेर अगाडी बढ्ने बताए ।

एनएसडब्ल्यू मेम्बर डोना डेविसले नेपाली समुदाय अन्य समुदायजस्तै ठुलो समुदाय रहेको भन्दै उनले नेपाली संस्कृतिलाई महत्वका साथ हेरेको भन्दै अझै अगाडी बढाउन सहयोग गर्ने बताईन् । उनले नेपाली संघ संस्थासगं सहकार्य गर्न आफु सदैव तत्पर रहने बताईन् ।

कार्यक्रममा जेनिशा गौतम, निशा केसीले संगीत प्रस्तुत गरेका थिए । उक्त अवसरमा नई एकेडेमी अस्ट्रेलियाले वर्ष नारी घोषणा गरी सम्मान सहित अवार्ड प्रदान गरेको छ । स्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, निना शाही, प्रतिज्ञा अधिकारी र अनुषा श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो ।

निर्णायक मन्डलमा ५ देशमा रहेका नेपाली समाज अगुवाहरुमा अमेरिका वाट श्रीमती गीता खत्री बेलायत बाट सुरेशजंग शाह, भारतबाट सुश्री अप्सरा दाहाल नेपाल बाट अभिनन्दन शर्माले उनीहरुलाई अवार्ड प्रदान गर्ने सल्लाह दिएका थिए । उनीहरुले विभिन्न क्षेत्रमा पुर्याएको सामाजिक योगदानका आधारमा मूल्यांकन गरि अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै आर्ट कल्चर सोसल सर्भिस तर्फ दोश्रो अवार्ड नारी निकुञ्जलाई प्रदान गरिएको छ । भने तेश्रो अवार्ड डा। अचना कोईराला साईन्स एण्ड टेक्नोलोजि तर्फ प्रदान गरिएको  छ ।

तीज महोत्सवमा कलाकारहरु सुनिश कटुवाल, निशा केसी, बिन्दु पौडेल र दिपशी भट्टलगायतले आफ्नो गीत प्रस्तुत गर्दै दर्शकहरुलाई नचाएका थिए भने कार्यक्रम सम्पन्न गर्न लागि सांस्कृतिक संयोजक जेनिशा गौतम, साहित्य सह संयोजक समु उप्रेती, महासचिव प्रनब थापा, सचिब सुनिल कटुवाल, कोषाध्यक्ष सुर्जीत आचार्य, सदस्य निशा गौतम, इन्दिरा भट्ट, साजन भण्डारी , मनोज के।सी संचालक वालमुकुन्द तिमिल्सेना लगायतको बिशेष योगदान रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending