लमजुङ । हिमाली जिल्ला मनाङ पुग्ने बेंसीसहर–चामे सडक क्षतविक्षत भएको छ । केही दिनदेखिको वर्षाले बाढीपहिरो चल्दा सडक क्षतविक्षत भएको हो ।
बाढीपहिरोले सडक भत्काउनुका साथै बगाउँदा सडक अवरुद्ध भएको छ । लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडकमध्ये लमजुङ खण्डको ३५ किलोमिटरमा बढी समस्या भएको राष्ट्रिय वाणिज्य बैंक चामे शाखामा कार्यरत रञ्जित लामाले बताए ।
लमजुङ खण्डको बेंसीसहर नजिकै खरखरे, मर्स्याङ्दी गाउँपालिकाकाले च्याम्चे, रामबजार आसपासमा दैनिक पहिरो खस्ने गरेको छ । मनाङतर्फ सिरानताल–निगालोघारीमा पहिरो चल्ने गरेको छ । बाढीपहिरोले बेंसीसहरदेखि चामेसम्मको यात्रा निकै कठिन रहेको उनको भनाइ छ ।
डुम्रे–बेंसीसहर–चामे सडक योजनाका इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार सबैभन्दा बढी खरखरे पहिरोले समस्या बनाएको छ । रामबजार र च्याम्चेमा पहिरो जाने गरेको छ । मनाङ खण्डको निगालोघारी–सिरानतालमा पनि पहिरो जाने गरेको छ ।
उनले पहिरोमा सडक खुलाउने गरिए पनि फेरि पानी परेपछि पहिरो जाने गरेको बताए । उनले शनिबार खरखरे र सिरानताल–निगालोघारीमा पहिरो गएको र खुलाउने प्रयास भइरहेको बताए ।
मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलका अनुसार वर्षाका कारण बाढीपहिरो हुँदा बेंसीसहरदेखि चामेसम्मको यात्रा कठिन हुने गरेको छ । प्रायः लमजुङतर्फको पहिरोले बाटो अवरुद्ध हुने गरेको उनले बताइन् । मनाङतर्फ स–साना पहिरो रहेको र ती पहिरोमा एक–आधा घन्टामा खुल्ने बताउँदै मुख्य समस्या लमजुङको खरखरे रहेको उनले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: