Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

राजीनामा माग्ने, बार्गेनिङ मिले बोली फेर्नेमा ओली

खबरडबली संवाददाता

काठमाडौं । सुन तस्करीकाण्ड यसअघि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा रहेको एमाले अहिले आफ्नो माग परिमार्जन गर्दै आयोग गठन हुनुपर्ने  बताएकाे छ ।  एमाले केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई संसदीय समिति स्वीकार्य नभएको बताउँदै बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन हुनुपर्ने अडान राखेका हुन् ।

अध्यक्ष ओलीले संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर याे भन्दा अघि नै हेरिएको बताए ।  सभापति र बहुमत उहाँहरूलाई नै चाहीने हुँदा सुन तस्करीकाे  छानविन नहुने हुँदा आफुहरुकाे स्वतन्त्र छानबिन आयोग गठन हुन पर्ने माग रहेकाे बताए । ।

उनले अहिले गठबन्धनले संसदीय मर्यादा राखेर छानबिन गर्न नसक्ने बताउँदै  दलीय गठबन्धन अगाडि आउने बताए  । बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा एउटा स्वतन्त्र छानबिन आयोग गठन गरेर छानबिन गरीनु पर्नेमा उनकाे जाेड थियाे ।

यस्तो अयोग्य सरकारको नेतृत्व गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लाज लाग्नुपर्ने टिप्पणी बताउँदै  आफूहरूले राजीनामा नमागी उनले नै दिनुपर्ने बताए । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा नदिनु आश्चर्यको विषयमा भएको उनले बताए । 

ओलीले गृहमन्त्री श्रेष्ठ राजीनामा गर्नबाहेक संसदमा जान नहुने बताउँदै केही दिनअघि संसदमा दिएको स्पष्टीकरणलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

उनले ती सुनका मालिक भनिएकालाई नागरिकता दिनेका विषयमासमेत छानबिन हुनुपर्ने माग गरे । अहिले त्यो नागरिकता सिफारिस प्रतिवेदनसमेत गायब गरिएको दाबी ओलीको छ । 

शर्माको बचाउमा ओली
नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेर ध्यान डाइभर्ट गर्न खोजिएको बताउँदै ओली उनको बचाउमा उत्रिएका छन् । नक्कली शैक्षिक प्रमाणपत्रमा समातिएका कांग्रेस सांसद शर्माको बचाउ गर्दै ओलीले सरकारले जाली मुद्दा चलाएको टिप्पणी गरेका छन् । ओलीले प्रमाणित नहुँदासम्म सो मुद्दा जाली नै हुने बताए ।

कांग्रेस सांसद शर्मा आइतबार बिहानै ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटपछि शर्माले एमाले अध्यक्ष ओलीलाई राजनेता भएको टिप्पणी गरेका थिए ।

राजीनामा माग्ने, बार्गेनिङ मिले बोली फेर्नेमा ओली
पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता रहेका ओली आफ्नै बोलीमा टिक्न नसकेको आरोप लाग्ने गरेको छ । आइतबार एमाले मुख्यालयबाट ओलीले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका थिए । 

ओलीले प्रधानमन्त्रीको राजीनामा मागेको यो पहिलोपटक भने होइन । यसअघि पटकपटक उनले प्रधानमन्त्रीको राजीनामा माग गरिसकेका छन् । कहिले प्रधानमन्त्री त कहिले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा ओलीले माग्दै आएका छन् । कहिले अर्थमन्त्री प्रकाशशरण महत त कहिले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजीनामा दिनुपर्ने अडान ओलीको हुन्छ ।

ओलीले राजीनामा माग्ने अडान दरो रूपमा राख्ने गर्छन् । तर, उनको अडान धेरैबेर टिक्दैन । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेताले राजीनामा माग्नुको गम्भीर अर्थ हुन्छ । तर, ओलीमा यो गम्भीरता नभएको टिप्पणी हुने गरेको छ । हावातालमा राजीनामाको कुरा गर्ने र हावातालमै त्यो कुरा सकिने गरेको छ ।

आखिर किन ओली आफ्नै मागमा अड्न नसकेका हुन् ? राजीनामाको विषयलाई उनले हलुका रूपमा लिने गरेका छन् । आफ्नो जिम्मेवारी एवं पदीय मर्यादाविपरीत उनले हावादारी कुरा गर्ने गरेको उनकै समकक्षीले भन्ने गरेका छन् ।

सरकार अयोग्य र भ्रष्टाचारको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा दिन उनले सुझाव दिए । यस्तै, गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको भन्दै उनले कटाक्ष गर्न भ्याए ।

‘प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अप्ठेरो हुनुपर्ने हो । उहाँले आफैं राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री र अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौं र नवौं आश्चर्य भन्नुपर्छ यसलाई । यो ठूलो आश्चर्यको विषय हो’ ओलीले भने ।

यसअघि संसद् अवरुद्ध गर्दै राजीनामा माग गरेका ओली प्रमुख तीन दलको बैठकपश्चात् आफ्नो मागबाट पछाडि हटेका थिए । त्यसलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले प्रमुख दलको बैठक प्रतिप्रश्न गर्दैै केवल ‘बार्गेनिङ’का लागि बैठक हुने गरेको टिप्पणी गरेका थिए ।

जिम्मी कार्टर अमेरिकाको ४९औं राष्ट्रपति हुन् । उनी सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका राष्ट्रपति रहेका थिए । एक अवधि मात्र राष्ट्रपति रहेका कार्टरले आउँदो अक्टोबर महिनामा जीवनको ९९ वर्ष पूरा गरी १००औं वर्षमा प्रवेश गर्नेछन् । शारीरिक मात्र नभई मानसिक रूपमा पनि उनी शिथिल भइसकेको हुन सक्छ । तर, आजको अवस्थामा पनि उनले कुनै कारणवश वर्तमान राष्ट्रपति जो बाइडनको राजीनामा माग गरे भने त्यो निकै गम्भीर र चर्चाको विषय बन्छ ।

हाम्रो मुलुकमा मुलुकको प्रमुख प्रतिपक्ष र प्रथम दलको हाराहारीमा रहेको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले वहालवाला प्रधानमन्त्रीको राजीनामा माग्छन् । तर, त्यो खबर सामान्य हावाहुरीजस्तै बन्न पुग्छ, किन ? त्यत्रो गह्रौं नेताको बोली किन त्यति हल्का ? भँगेरा मार्न तोप प्रयोग गर्ने बानीले पो हो कि ! जतिबेला मन लाग्यो त्यतिबेला प्रेस सल्लाहकारदेखि मन्त्री हुँदै प्रधानमन्त्रीसम्म जोसुकैको राजीनामा माग्दै हिँड्ने अनि तत्कालै ‘सम्झौता’ भएपछि चटक्कै बिर्सिदिने ‘उदार’ स्वभावले हो ? चिन्ता बुढी मरिन् भन्ने होइन, काल पल्क्यो भन्ने हो ! चिन्ता कसको राजीनामा मागियो भन्ने पनि होइन, बरु राजीनामा माग्ने व्यक्तित्वको र ओहदाको अनि गरिमाको अवमूल्यनको हो ! यस्तो गम्भीर विषय हास्य कलाकारको तत्कालीन स्वस्फूर्त प्रतिक्रियाजस्तो चाहिँ हुनुहुन्न । याे समाचरा राजधानी दैनीकमा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending