Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

प्रचण्डलाई लगाए ओलीले दर्जनौं आरोप

खबरडबली संवाददाता

काठमाडौं । ठूलो परिमाणको सुन बरामदपछि अवरुद्ध संसद खुलाउन लचिलो बन्ने संकेत देखाएको प्रमुख विपक्षी दल एमाले सत्तारुढ कांग्रेस सांसदहरुको समेत साथ पाउने देखिएपछि अझ आक्रामक देखिएको छ ।

कांग्रेस संस्थापन इतर पक्षका नेताहरुले पनि सुन प्रकरणबारेमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग अघि सारेपछि एमाले सोही मागमा टसमस नहुने भएको छ ।

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद नगरेको भए अहिले न संसद अवरुद्ध हुने थियो न सत्ता गठनबन्धन दलहरुमा नै किचलो हुने थियो । सुन बरामदपछि संसद विपक्षी दल एमालेको बन्धक बनिरहेको छ ।

बाढीपहिरोले मुलुक आक्रान्त भइरहँदा संसद अवरुद्ध खुलाउने पहल स्वरुप गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन २३ गते संसदमा सुन बरामदको घटनाबारे आफ्नो धारणा राखेका थिए ।

तर गृहमन्त्री श्रेष्ठको जवाफमा एमालेले चित्त बुझाएन । यस घटनाक्रम लगत्तै अर्को घटना घट्यो । कांगे्रस सांसद सुनिल शर्मा नक्कली सर्टिफिकेटको अभियोगमा पक्राउ परे । त्यसपछि कांग्रेस संस्थापन इतर पक्षका नेताहरु सरकारप्रति रुष्ट छन् ।

कांग्रेसको संस्थापन इतर पक्षले नै उच्चस्तरीय छानविन समितिको माग गरेपछि एमालेलाई आफ्नो हठमा थप बल पुगेको छ । संसद खुलाउन लचिलो बन्ने संकेत देखाएको एमाले यहि मौका छोपी उच्चस्तरीय छानबिन समिति गठनको मागबाट टसमस नहुने निष्कर्षमा पुगेको छ ।

आइतवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा पत्रकार सम्मेलन गरी ओलीले सरकार अयोग्य र भ्रष्टाचारको चाङमा उभिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले पदबाट राजीनामा दिनुपर्ने बताए ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगरेर झण्डा हल्लाउँदै हिडेको देख्दा आफू आश्चर्यचकित भएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीबाट राजीनामा दिन सुझाव दिइरहेका एमाले अध्यक्ष ओलीले आफ्नो ध्यान भने सत्तातिर नभएको पनि प्रष्टिकरण दिए ।

सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्तामोह, सत्तालोलुप्तातिर लागेको आरोप लगाएर सरकारले एमालेको बदनाम गर्न खोजिरहेको ओलीको आरोप छ । एमालेले सत्तामा ध्यान नदिए पनि सरकारलाई जे गरे पनि छुट दिन नसकिने उनले बताए ।

लामो समयदेखि एमालेको बन्धक बनिरहेको संघीय संसदको दुवै सदन सुन प्रकरणबारेमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म चल्न नदिने बताएका एमाले अध्यक्ष ओलीले सरकार आफैले संसद चल्न नदिएको आरोप लगाए ।

संसद देश र जनताको पक्षमा बोल्ने, आवाज उठाउने, देशका हीत, जनताका हितको सरकारमा भए रक्षा गर्ने, सरकारमा नभए त्यसका निम्ति दबाब दिने थलो भएको ओलीको भनाई थियो ।

सत्तारुढ दल नेपाली कांग्रेसभित्रैको विवादले गर्दा थप हौसिएको एमालेको माग सम्बोधन गर्न सरकारले कस्तो कदम चाल्छ त्यो भने केही दिन पर्खिनै पर्नेछ । यता, कांग्रेस भित्रको असन्तुष्टिलाई देउवाले कसरी मत्थर पार्छन् ? त्यो पनि पर्खिनै पर्नेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending