Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

समाज रुपान्तरणमा अब नयाँ शिराबाट सर्जकहरू जुट्नुपर्नेमा महाप्रबन्धक बलकाे जोड

खबरडबली संवाददाता

काठमाडौं । नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वलले नेपाली साहित्य श्रीवृद्धिका लागि काभ्रेली स्रष्टा र साहित्यकारहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै समाज रुपान्तरणमा अब नयाँ शिराबाट सर्जकहरु जुट्नुपर्नेमा जोड दिए । 

रोशी वाङ्मय प्रतिष्ठानले साउन २७ गते काभ्रे जिल्लाको भकुण्डेबेसीमा आयोजना गरेको प्रतिष्ठानको ११औँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रममा महाप्रबन्धक बलले सो कुरा व्यक्त गरेका हुन् ।

रोशी साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नमोबुद्ध नगरपालिकाका प्रथम मेयर टिपि शर्मा तिमल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी निर्माता दिपक समीर, रेडियो नमोबुद्धका अध्यक्ष भक्तबहादुर स्याङ्तान, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, नमोबुद्ध वडा नं. ४ का पूर्ववडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, जनक मा.वि.का प्रधानाध्यापक प्रदीप पोखरेल, जग्गादाता मुक्तिराज हुमागाईं, जापानी सूचना केन्द्र नेपालका अध्यक्ष मदनकृष्ण सिलवाललगायत आतिथ्यता रहेको थियो ।

उद्घाटन सत्रमा दीप प्रज्वलन गरी तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व. गोविन्दबहादुर थापाको तस्बिरमा माल्यार्पण गरिएको थियो ।  संस्थाका सचिव यन्त्रनाथ खनालद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य दिनेश अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मोदनाथ अधिकारीले प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा स्थानीय कविहरु हरिकृष्ण सिलवाल र भैरवकुण्ड संरक्षण समितिका अध्यक्ष केदारप्रसाद पौडेलले सुन्दर कविता वाचन गरेका थिए ।  

भेलाले टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत ढंगबाट चयन गरेको छ । उपाध्यक्षमा मोदनाथ अधिकारी, सचिव यन्त्रनाथ खनाल, कोषाध्यक्ष्,ा अनिता शिल्पकार, सदस्यहरूमा ऋषिराम हुमागाईँ, दिनेश अधिकारी, रमेशप्रसाद न्यौपाने, हरिकृष्ण सिलवाल र राजु काफ्ले बयरधारी रहेका छन् भने दुई सदस्य पछि मनोनित गरिने भएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending