Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

समाज रुपान्तरणमा अब नयाँ शिराबाट सर्जकहरू जुट्नुपर्नेमा महाप्रबन्धक बलकाे जोड

खबरडबली संवाददाता

काठमाडौं । नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वलले नेपाली साहित्य श्रीवृद्धिका लागि काभ्रेली स्रष्टा र साहित्यकारहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै समाज रुपान्तरणमा अब नयाँ शिराबाट सर्जकहरु जुट्नुपर्नेमा जोड दिए । 

रोशी वाङ्मय प्रतिष्ठानले साउन २७ गते काभ्रे जिल्लाको भकुण्डेबेसीमा आयोजना गरेको प्रतिष्ठानको ११औँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रममा महाप्रबन्धक बलले सो कुरा व्यक्त गरेका हुन् ।

रोशी साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नमोबुद्ध नगरपालिकाका प्रथम मेयर टिपि शर्मा तिमल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी निर्माता दिपक समीर, रेडियो नमोबुद्धका अध्यक्ष भक्तबहादुर स्याङ्तान, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, नमोबुद्ध वडा नं. ४ का पूर्ववडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, जनक मा.वि.का प्रधानाध्यापक प्रदीप पोखरेल, जग्गादाता मुक्तिराज हुमागाईं, जापानी सूचना केन्द्र नेपालका अध्यक्ष मदनकृष्ण सिलवाललगायत आतिथ्यता रहेको थियो ।

उद्घाटन सत्रमा दीप प्रज्वलन गरी तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व. गोविन्दबहादुर थापाको तस्बिरमा माल्यार्पण गरिएको थियो ।  संस्थाका सचिव यन्त्रनाथ खनालद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य दिनेश अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मोदनाथ अधिकारीले प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा स्थानीय कविहरु हरिकृष्ण सिलवाल र भैरवकुण्ड संरक्षण समितिका अध्यक्ष केदारप्रसाद पौडेलले सुन्दर कविता वाचन गरेका थिए ।  

भेलाले टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत ढंगबाट चयन गरेको छ । उपाध्यक्षमा मोदनाथ अधिकारी, सचिव यन्त्रनाथ खनाल, कोषाध्यक्ष्,ा अनिता शिल्पकार, सदस्यहरूमा ऋषिराम हुमागाईँ, दिनेश अधिकारी, रमेशप्रसाद न्यौपाने, हरिकृष्ण सिलवाल र राजु काफ्ले बयरधारी रहेका छन् भने दुई सदस्य पछि मनोनित गरिने भएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending