काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटमा एक व्यक्तिलाई हातखुट्टा बाँधेर विष खुवाइएको छ । गए राती करिब साढे १२ बजेको समयमा स्थानीय अन्दाजी ५५ वर्षीय श्रीराम ढकाललाई रबरको ट्युबले हातखुट्टा बाँधी विष खुवाइएको अवस्थामा फेला पारिएको हो ।
मण्डनदेउपुर नगरपालिका–६ का वडा अध्यक्ष सोमप्रसाद ढकालले श्रीरामकी श्रीमती सिन्धुपाल्चोक बाहुने पाटी सप्ताहमा गएको मौका छोपी अज्ञात समूहले घरमा एक्लै सुतेका श्रीरामलाई रबरको ट्युबले दुवै हातलाई पछाडि र दुवै खुट्टालाई बाँधेर विष खुवाइएको अवस्थामा फेला पारिएको बताए ।
उनले अज्ञात समूहले श्रीरामको हातखुट्टा बाँधेर विष खुवाएपछि श्रीरामले चिच्याउँदै गुहार मागेपछि उहाँका छिमेकीले वडा अध्यक्ष ढकाललाई खबर गरेका थिए । आफूलाई खबर आएपछि केही व्यक्ति लिएर वडा अध्यक्ष ढकाल श्रीरामको घरमा पुग्दा उहाँलाई रबरले बाँधेर विष खुवाएको देखिएपछि तुरुन्तै उपचारका लागि धुलिखेल अस्पताल पठाइएको ढकालले बताए ।
धुलिखेल अस्पतालमा आकस्मिक कक्षमा उपचारका लागि शय्या नभएपछि श्रीरामलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको वडा अध्यक्ष ढकालले बताए ।
उनले घटनाको विषयमा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थल आउँदै गरेको बताए । घटनास्थलमा प्रहरी चौकी देउपुरको टोलीले रबरको ट्युब र त्रिकाल ५०५ नामको विषादी र बोतल बरामद गरेको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले घटनाको अनुसन्धानको लागि प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टोलीलाई घटनास्थल पठाइएको र अनुसन्धान पछि विस्तृत जानकारी आउने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: