Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

घरमा एक्लै सुतेका श्रीरामलाई हातखुट्टा बाँधेर विष खुवाए

खबरडबली संवाददाता

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटमा एक व्यक्तिलाई हातखुट्टा बाँधेर विष खुवाइएको छ । गए राती करिब साढे १२ बजेको समयमा स्थानीय अन्दाजी ५५ वर्षीय श्रीराम ढकाललाई रबरको ट्युबले हातखुट्टा बाँधी विष खुवाइएको अवस्थामा फेला पारिएको हो । 

मण्डनदेउपुर नगरपालिका–६ का वडा अध्यक्ष सोमप्रसाद ढकालले श्रीरामकी श्रीमती सिन्धुपाल्चोक बाहुने पाटी सप्ताहमा गएको मौका छोपी अज्ञात समूहले घरमा एक्लै सुतेका श्रीरामलाई रबरको ट्युबले दुवै हातलाई पछाडि र दुवै खुट्टालाई बाँधेर विष खुवाइएको अवस्थामा फेला पारिएको बताए ।

उनले अज्ञात समूहले श्रीरामको हातखुट्टा बाँधेर विष खुवाएपछि श्रीरामले चिच्याउँदै गुहार मागेपछि उहाँका छिमेकीले वडा अध्यक्ष ढकाललाई खबर गरेका थिए । आफूलाई खबर आएपछि केही व्यक्ति लिएर वडा अध्यक्ष ढकाल श्रीरामको घरमा पुग्दा उहाँलाई रबरले बाँधेर विष खुवाएको देखिएपछि तुरुन्तै उपचारका लागि धुलिखेल अस्पताल पठाइएको ढकालले बताए ।

धुलिखेल अस्पतालमा आकस्मिक कक्षमा उपचारका लागि शय्या नभएपछि श्रीरामलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको वडा अध्यक्ष ढकालले बताए । 

उनले घटनाको विषयमा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थल आउँदै गरेको बताए । घटनास्थलमा प्रहरी चौकी देउपुरको टोलीले रबरको ट्युब र त्रिकाल ५०५ नामको विषादी र बोतल बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले घटनाको अनुसन्धानको लागि प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टोलीलाई घटनास्थल पठाइएको र अनुसन्धान पछि विस्तृत जानकारी आउने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending