विराटनगर । सातजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई जोगाउन दवाव बढेपछि घटनाको अनुसन्धान गुपचुपमा भएको छ । मोरङको जहदा–७ स्थित जनप्रिय आधारभूत विद्यालयका शिक्षक विकासकुमार साह विरुद्ध सातजना छात्राहरुले प्रहरीमा जाहेरी दिएका थिए ।
असार ११ गते बालिकाहरुले दिएको जाहेरीका आधारमा प्रहरीले बाल यौन दुर्व्यवहार आरोपमा साह विरुद्ध अनुसन्धान गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार मात्रै बुझाएको थियो । घटनाको यतिका दिनसम्म साहले शक्तिको आड लिएर अस्पताललाई नै न्यायिक हिरासत बनाएको खुलेको छ । साहलाई अस्पतालमा राखेर घटना मिलापत्र गराउन केहि व्यक्तिहरु लागेको समेत खुलेको छ ।
जिल्ला सरकारी वकिलमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा अभियोग पत्र दायर गर्ने क्रम मंगलबार समाचार तयार पर्दासम्म तयारीमा रहेको बुझिएको छ । तर, घटनामा पीडित भएकाहरुले जहदा गाउँपाकिला शिक्षा शाखामा समेत आफूहरु पीडित भएको भन्दै जानकारी दिएका थिए ।
यसैगरी प्रहरीमा समेत पीडित छात्राहरु र उनका अभिभावक आएर जाहेरी दिएका थिए । विद्यालयका राहत शिक्षक साह भने प्रहरीमा आफैं उपस्थित भएका थिए । उनी, आफै प्रहरीमा हाँजिर भएपछि बिरामी भएको भन्दै अस्पतालमा बसेर केसलाई होस्टायल गर्न खोजेको आरोप छ ।
मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले प्रहरी नियन्त्रणमा रहेका व्यक्तिले बिरामी छु भन्दा अस्पताल लैजानु कर्तव्य भएको बताए । उनले बाल यौन दुव्र्यवहारमा हदैसम्मको सजाय माग दावी गर्दै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको जानकारी दिए ।
जिल्ला सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गराउने प्रक्रियामा रहेको जानकारी दिएको छ । मंगलबार पीडित बालिकाहरु समेत अदालतमा आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: