इलाम । दल बहादुर तामाङ इलाम नगरपालिका-८ को वडाध्यक्ष हुन् । उनी आफुले गरेकाे काम हल्ला गर्न रुचाउँदैनन् । तर, कर्ममा भने निक्कै चित्त लगाउँछन् ।
नेपाल प्रहरीमा दुई दशक बिताएपछि इलाम नगरपालिका-८ को वडाध्यक्ष बनेपछि उनकौ दैनिकी जनताको सेवामा नै बित्ने गरेको छ । उनी बिहान चार बजे उठ्छन् । नित्यकर्म गरेर ६ बजे त जनताको घरमा चिया खाँदै हुन्छन् ।
निर्वाचित भएदेखि नै उनको दैनिकी बिहानदेखि मध्यरातसम्म जनताकै घरआँगनमा हुने गरेको छ । समस्या परेका हरेक मान्छेको घरमा पहिले वडा अध्यक्ष नै पुग्ने गरेकेा र वडाले साच्चैको जनप्रतिनिधि पाएको स्थानीय भिमा लिम्बुले बताइन् । उनी मात्रै हैन उनीसँगै रहेका चार जना सदस्य पनि उनको साथमा हुन्छन् । कहिलेकाहीं घर पुग्दा मध्यरात हुने गरेकाे सदस्य रुपेन खड्काले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले वडा अध्यक्षलाई २९ प्रकारका सिफारिससहित विकास र नागरिकको सेवा सम्बन्धी विभिन्न अधिकारहरू प्रदान गरेको छ । प्रहरीमा जागिर खाएर रिटायर भएका तामाङ समयको शक्तिलाई राम्रोसँग बुझ्छन् । हरेक दिन १० बजेदेखि एक बजेसम्म कार्यालयमै बसेर काम गर्ने गरेकाे उनी बताउँछन् ।
पाँच वर्ष जनताको सुख दु:खमा सँगै हुने प्रण गरेको बताउने उनले सुरुमा वडा अध्यक्ष हुन चासो राखेका थिएनन् । धेरैको आग्रहमा वडाध्यक्ष भएका उनले कार्यकालको केही समयमै नागरिकको हित सम्झेर काम गरेका छन् ।
पछिल्लो समय उनले आफ्नो वडाको एक हजार भन्दा बढी घरमा गएर गरिब, अशक्त, स्वास्थ्य संस्था पुग्न नसकेर घरमै थला परेका नागरिकलाई समेत भेटेका छन् । दीर्घ रोगले थला परेका नागरिकका लागि जिल्लामै पहिलो पटक घर घरमा पुगेर स्वास्थ्य उपचार गर्ने अभियान पनि सुरु गरे।
अभियानको पहिलो चरण अशक्त, विपन्न, जेष्ठ नागरिक, स्वास्थ्यमा पहुँच नभएका नागरिकको १६७ घरमा पुगेर सेवा दिएको उनले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले बिरामी भएको, बेवारिसे वा असाहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्र पुर्याउने जिम्मा वडा कार्यालयलाई दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: