काठमाडौं । नेकपा माओवादी केन्द्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति नेताहरूले असन्तुष्टि जनाएका छन् । बुधबारबाट चलेको पार्टीको बैठकमा आफ्ना धारणा राख्दै नेताहरूले अध्यक्ष दाहालको कार्यशैलीमा असन्तुष्टि पोखेका हुन् ।
बैठकको चौथो दिन शनिबार आफ्ना धारणा राख्दै पार्टी उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनले नेतृत्वलाई निरन्तर सहयोग गरे पनि आफूहरूप्रति हेर्ने दृष्टिकोण नबदलिएको गुनासो गरेका थिए । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी नेताहरूको व्यक्तिगत स्वभावमा अध्यक्षले खेल्ने गरेको आरोप लगाए । पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टीमा नेताहरूबीच अध्यक्ष दाहालले खेल्ने र गुट जन्माउने प्रयत्नहरू गरेको टिप्पणी गरे ।
उनले पार्टी महासचिव चयनका बेलाको प्रसंग उल्लेख गर्दै भने– ‘अध्यक्ष कमरेडले बेला–बेला त्यसमै धार लाइदिनुहुन्छ । तलबाट पनि म फलानाको हुँ र होइन भन्ने चलन छ । अनि त्यसैलाई गुट भनेर ठूलो प्रचार गरिन्छ । हामी तपाईंकै हौं, दुई जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अध्यक्षलाई अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ । अनि गरौं के ?’
शर्माले पार्टीमा गुटबन्दी गरेको भन्ने अध्यक्षको आरोप अस्वीकार गरेको समेत बताए । माओवादीमा समाजवादी हुनुभन्दा पहिले लोकतान्त्रिक संस्कारलाई स्वीकार गर्न नेतृत्वलाई अनुरोधसमेत गरे । नेता शर्माले अध्यक्ष दाहालको कुरा जति स्वीकार गर्दै आए पनि व्यवहार राम्रो नपाएको दुखेसो पोखे । अध्यक्षलाई जुनसुकै परिस्थितिमा आफूले साथ दिएको तर पनि विश्वास नगरिएको भन्ने शर्माको भनाइ थियो ।
‘परिस्थिति अदलबदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सधैं अध्यक्षको पक्षमा खडा भएकै छु’ – उनले भने– ‘होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर, त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।’ कुनचाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? उनले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै प्रश्न गरे ।
पार्टीमा नयाँ नेताहरूलाई ठाउँ नछोडिने गरेको गुनासो गर्दै शर्माले थपे– ‘हाम्रो पार्टीमा विज्ञापन खुल्ने तर परीक्षा नहुने, भर्ती हुने तर अवकाश नहुने परिस्थिति विद्यमान छ । यसले युवाहरूलाई नीति निर्माणको तहमा ल्याउन समस्या भएकै छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - २०:५०
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...
बैशाख १७ गते, २०८३ - २०:४५
नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...
बैशाख १७ गते, २०८३ - २०:४१
काठमाडौं । देशका विकट र दुर्गम बस्तीहरूमा सञ्चार सेवा पुर्याउने लक्ष्यसहित नेपाल टेलिकम ले स्याटेलाइट प्रविधिमार्फत मोबाइल र डाटा सेवा विस्तारलाई तीव...
बैशाख १७ गते, २०८३ - २०:३५
काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष...
बैशाख १७ गते, २०८३ - २०:३२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिप...
बैशाख १७ गते, २०८३ - २०:२७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व बाट थबाङ गाउँपालिका–१, रोल्पा तर्फ जाँदै गरेको जीप दुर्घटन...
बैशाख १७ गते, २०८३ - २०:०८
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बिहीबार उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्...
बैशाख १७ गते, २०८३ - २०:०२
काठमाडौं । सिंहदरबार मा भएको एक महत्वपूर्ण शिष्टाचार भेटमा लीला कुमारी भण्डारी र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ बीच द्विपक्षीय सम्बन...
बैशाख १७ गते, २०८३ - १९:५१
रौतहट । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण ...
बैशाख १७ गते, २०८३ - १९:४८
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आद...


प्रतिकृया लेख्नुहोस्: