काठमाडौं । नेकपा माओवादी केन्द्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति नेताहरूले असन्तुष्टि जनाएका छन् । बुधबारबाट चलेको पार्टीको बैठकमा आफ्ना धारणा राख्दै नेताहरूले अध्यक्ष दाहालको कार्यशैलीमा असन्तुष्टि पोखेका हुन् ।
बैठकको चौथो दिन शनिबार आफ्ना धारणा राख्दै पार्टी उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनले नेतृत्वलाई निरन्तर सहयोग गरे पनि आफूहरूप्रति हेर्ने दृष्टिकोण नबदलिएको गुनासो गरेका थिए । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी नेताहरूको व्यक्तिगत स्वभावमा अध्यक्षले खेल्ने गरेको आरोप लगाए । पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टीमा नेताहरूबीच अध्यक्ष दाहालले खेल्ने र गुट जन्माउने प्रयत्नहरू गरेको टिप्पणी गरे ।
उनले पार्टी महासचिव चयनका बेलाको प्रसंग उल्लेख गर्दै भने– ‘अध्यक्ष कमरेडले बेला–बेला त्यसमै धार लाइदिनुहुन्छ । तलबाट पनि म फलानाको हुँ र होइन भन्ने चलन छ । अनि त्यसैलाई गुट भनेर ठूलो प्रचार गरिन्छ । हामी तपाईंकै हौं, दुई जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अध्यक्षलाई अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ । अनि गरौं के ?’
शर्माले पार्टीमा गुटबन्दी गरेको भन्ने अध्यक्षको आरोप अस्वीकार गरेको समेत बताए । माओवादीमा समाजवादी हुनुभन्दा पहिले लोकतान्त्रिक संस्कारलाई स्वीकार गर्न नेतृत्वलाई अनुरोधसमेत गरे । नेता शर्माले अध्यक्ष दाहालको कुरा जति स्वीकार गर्दै आए पनि व्यवहार राम्रो नपाएको दुखेसो पोखे । अध्यक्षलाई जुनसुकै परिस्थितिमा आफूले साथ दिएको तर पनि विश्वास नगरिएको भन्ने शर्माको भनाइ थियो ।
‘परिस्थिति अदलबदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सधैं अध्यक्षको पक्षमा खडा भएकै छु’ – उनले भने– ‘होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर, त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।’ कुनचाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? उनले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै प्रश्न गरे ।
पार्टीमा नयाँ नेताहरूलाई ठाउँ नछोडिने गरेको गुनासो गर्दै शर्माले थपे– ‘हाम्रो पार्टीमा विज्ञापन खुल्ने तर परीक्षा नहुने, भर्ती हुने तर अवकाश नहुने परिस्थिति विद्यमान छ । यसले युवाहरूलाई नीति निर्माणको तहमा ल्याउन समस्या भएकै छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १७ गते, २०८० - १६:५७
काठमाडाैं । भिएफ एक्सको प्रयोग गरि निर्माण गरिएको नेपाली वेव सिरिज भैरबीले आफ्नो प्रशारण सुरु गरेको छ । मिडिया हवको निर्माणमा तयार भएको भैरबीले रिलिजक...
आश्विन १७ गते, २०८० - १६:५१
गोरखा । गोरखामा शिक्षकको कुटाइबाट एक विद्यार्थीको श्रवण क्षमता गुमेको छ । सिरानचोक गाउपालिका–३ हर्मीस्थित श्री महेन्द्र लिला माध्यमिक विद्यालयमा कक्ष...
आश्विन १७ गते, २०८० - १६:३६
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्नका लागि मुख मिठ्याउन आवश्यक नभएको बताएका छन् । बुधबार जनकपुरमा पत्रकारह...
आश्विन १७ गते, २०८० - १६:३४
काठमाडौं । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथ...
आश्विन १७ गते, २०८० - १५:५८
काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले बजेट माग्दा कर्णाली प्रदेश सरकारका मन्त्रीले कमिशन मागेको बताएका छन् । केही दिनदेखि...
आश्विन १७ गते, २०८० - १५:५२
काठमाडाैं । त्रिशुली नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन् । सोमबार साँझ साढे ६ बजेतिर धादिङको गजुरी गाउँपालिका-५ घाटवेशीस्थित नयाँ पुलबाट त्रिशुल...
आश्विन १७ गते, २०८० - १५:५२
काठमाडाैं । त्रिशुली नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन् । सोमबार साँझ साढे ६ बजेतिर धादिङको गजुरी गाउँपालिका-५ घाटवेशीस्थित नयाँ पुलबाट त्रिशुल...
आश्विन १७ गते, २०८० - १५:४३
काठमाडौं । निरन्तर वर्षाका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । ललितपुरकाे बाग्मती गाउँपालिका-३ भट्टेडाँडा पाङ्दुर गहिरोस्थित वर्षाको कारण मंगल...
आश्विन १७ गते, २०८० - १५:३५
काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार देखि मोबाइल सेवा सञ्चालनमा आए पछि अब स...
आश्विन १७ गते, २०८० - १५:२४
काठमाडौं । ख्याहा पाल्पा काठमाडौ समाज नेपालको आयोजनामा वृहत खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ । हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमी...
प्रतिकृया लेख्नुहोस्: