काठमाडौं । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था सुरु गरेको छ।
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय ले शासकीय सुधार कार्यक्रम अन्तर्गत नतिजामा आधारित व्यवस्थापन लागू गर्ने क्रममा यो नयाँ प्रणाली अघि बढाएको हो।
यसैक्रममा भूमि व्यवस्था तथा अभिलेख विभाग ले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकीसम्बन्धी कार्यलाई अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्न निर्देशन दिएको छ।
यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएपछि सेवाग्राहीले ऋण लिन वा चुक्ता गरेपछि जग्गा रोक्का वा फुकुवा गर्न मालपोत कार्यालय धाउनुपर्ने बाध्यता हट्ने विभागको दाबी छ। साथै, बिचौलियामार्फत अतिरिक्त रकम तिर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने अपेक्षा गरिएको छ।
भूमि प्रशासन निर्देशिका २०८१ को दफा ३९२ को उपदफा (४) अनुसार धितो बन्धकी, रोक्का र फुकुवा सम्बन्धी कार्यलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरिएको हो।
निर्णयअनुसार, तोकिएका बैंक तथा वित्तीय संस्थाहरूले २०८३ साल वैशाख २१ गतेदेखि सेवा अनलाइनमार्फत सञ्चालन गर्नेछन् भने अन्य क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले २०८३ साल जेठ १ गतेदेखि अनिवार्य रूपमा उक्त प्रणाली लागू गर्नुपर्नेछ।
हालसम्म अनलाइन प्रणाली सञ्चालनका लागि अनुमति नलिएका तथा सम्झौता नगरेका संस्थाहरूलाई पनि जेठ १ अगावै आवश्यक तयारी पूरा गर्न विभागले आग्रह गरेको छ।
यो प्रणाली कार्यान्वयनमा आएपछि मालपोत कार्यालयहरूमा हाल रहेको सेवा चाप करिब ६० प्रतिशतले घट्ने अनुमान गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - ११:३२
काठमाडौं । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था सुरु गरेको छ। भूमि व्यवस्था सहका...
बैशाख १८ गते, २०८३ - ११:१२
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्तिका अग्रदूत बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरे...
बैशाख १८ गते, २०८३ - १०:५९
कपिलवस्तु। कपिलवस्तु सदरमुकाम तौलिहवा तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तु र गु...
बैशाख १८ गते, २०८३ - १०:४७
काठमाडौँ। शुक्रबार काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासीमा डोजर चलाएको छ । यसअन्तर्गत आज बिहान टेकु क्षेत्रको सुकुम्बासी बस...
बैशाख १८ गते, २०८३ - १०:३३
दार्चुला। नेपालको दार्चुलामा मात्रै बसोबास रहेको सौका समुदायका मानिस आफ्नो थातथलो सर्ने तयारीमा छन् । पुखौँदेखि चीन र भारतसँग सीमानाका जोडिएको व्यास ग...
बैशाख १७ गते, २०८३ - १७:४५
काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...
बैशाख १७ गते, २०८३ - १७:३३
नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...
बैशाख १७ गते, २०८३ - १७:२६
काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...
बैशाख १७ गते, २०८३ - १७:१३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...
बैशाख १७ गते, २०८३ - १७:००
विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...


प्रतिकृया लेख्नुहोस्: