काठमाडाैं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले ठूलो संख्याकाे केन्द्रीय समिति बनाउँदैमा पार्टीको आकार ठूलो नहुने बताएका छन् । प्रज्ञा भवन कमलादीमा जारी पार्टीको चौथो केन्द्रीय समिति बैठकमा धारणा राख्दै केन्द्रीय सदस्यहरूले पार्टी तल सकिँदै गएकाे र माथि बढ्दै गएका कारण पार्टी निर्माणमा जाेड दिँदै यस्ताे बताएका हुन् ।
बैठकमा केन्द्रीय सदस्यहरूले सबैका कमजोरीको समीक्षासहित सरकारको कामका कारण देश र जनतामा परेको सकारात्मक प्रभावलाई पुँजीकृत गर्ने गरी आधारभूत तहबाट विशेष महाधिवेशन सम्मको संगठनात्मक योजना बनाउन पनि नेतृत्वलाई सुझाव दिएका छन्।
पार्टी आदर्श र मूल्यमान्यताविहीन हुँदै गइरहेको अवस्थामा पार्टी डाइनामिक बनाउने कि डाइनोसर बनाउने त्यो अवस्थामा आइपुगेकोले सबैकाे चिन्ताकाे विषय रहेकाे बताएका छन् । माओवादी पार्टीभित्र ठूलो कार्यनीति अलमलमा रहेको उनीहरूकाे धारणा रहेकाे छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले भद्दा बनाइएकाे केन्द्रीय समितिलाई घटाउन सुझाव दिएका छन् । प्रज्ञा भवन कमलादीमा जारी पार्टीको चौथो केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै तामाङले भद्दा कमिटीका कारण पार्टी कमजोर र भइरहेकै केन्द्रीय सदस्यहरू पनि हसबहादुर र छापबहादुर भएका बेला अरू सदस्य थप्दा झन् भद्रगोल हुने बताएका थिए ।
‘समय बदलियो, सोच बदलियो, हामी पनि बदलिनु पर्छ बुझेका छौं तर बदलिन तयार छैनौं,’ नेता तामाङले भने, ‘जनयुद्धकालीन गीत गाएर, त्यही बेलाको चिन्तन चरित्र र कार्यशैलीले समाजवादको सेवा गर्दैन। त्यसका लागि समाजवादी नै चिन्तन, कार्यशैली, विशेषता र चरित्र बोकेको पार्टी पंक्ति चाहिन्छ।’
पछिल्लाे समय पद पाए नेतृत्वको देवत्वकरण गर्ने र नपाए सत्तोसराप गर्ने प्रवृत्ति मौलाउँदै गएको उनकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: