Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

माओवादीमा पद पाए नेतृत्वको देवत्वकरण गर्ने र नपाए सत्तोसराप गर्ने प्रवृत्ति मौलायाे

खबरडबली संवाददाता

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले ठूलो संख्याकाे केन्द्रीय समिति बनाउँदैमा पार्टीको आकार ठूलो नहुने बताएका छन् । प्रज्ञा भवन कमलादीमा जारी पार्टीको चौथो केन्द्रीय समिति बैठकमा धारणा राख्दै केन्द्रीय सदस्यहरूले पार्टी तल सकिँदै गएकाे र माथि बढ्दै गएका कारण पार्टी निर्माणमा जाेड दिँदै यस्ताे बताएका हुन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले सबैका कमजोरीको समीक्षासहित सरकारको कामका कारण देश र जनतामा परेको सकारात्मक प्रभावलाई पुँजीकृत गर्ने गरी आधारभूत तहबाट विशेष महाधिवेशन सम्मको संगठनात्मक योजना बनाउन पनि नेतृत्वलाई सुझाव दिएका छन्।

पार्टी आदर्श र मूल्यमान्यताविहीन हुँदै गइरहेको अवस्थामा पार्टी डाइनामिक बनाउने कि डाइनोसर बनाउने त्यो अवस्थामा आइपुगेकोले सबैकाे चिन्ताकाे विषय रहेकाे बताएका छन् । माओवादी पार्टीभित्र ठूलो कार्यनीति अलमलमा रहेको उनीहरूकाे धारणा रहेकाे छ । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले  भद्दा बनाइएकाे केन्द्रीय समितिलाई घटाउन सुझाव दिएका छन् । प्रज्ञा भवन कमलादीमा जारी पार्टीको चौथो केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै तामाङले भद्दा कमिटीका कारण पार्टी कमजोर र भइरहेकै केन्द्रीय सदस्यहरू पनि हसबहादुर र छापबहादुर भएका बेला अरू सदस्य थप्दा झन् भद्रगोल हुने बताएका थिए ।

‘समय बदलियो, सोच बदलियो, हामी पनि बदलिनु पर्छ बुझेका छौं तर बदलिन तयार  छैनौं,’ नेता तामाङले भने, ‘जनयुद्धकालीन गीत गाएर, त्यही बेलाको चिन्तन चरित्र र कार्यशैलीले समाजवादको सेवा गर्दैन। त्यसका लागि समाजवादी नै चिन्तन, कार्यशैली, विशेषता र चरित्र बोकेको पार्टी पंक्ति चाहिन्छ।’

पछिल्लाे समय पद पाए नेतृत्वको देवत्वकरण गर्ने र नपाए सत्तोसराप गर्ने प्रवृत्ति मौलाउँदै गएको उनकाे भनाइ छ ।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डीएसपीसम्मको सम्पत्ति छानबिन दायरामा, विशेष आयोगलाई व्यापक अधिकार

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...

अपराध बढेको रिपोर्टपछि अनलाइन छली नियन्त्रणमा भारतले कडाइ गर्दै

नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...

दुर्गम बस्तीमा पनि पहुँच: स्याटेलाइटमार्फत सेवा विस्तार गर्दै नेपाल टेलिकम

काठमाडौं । देशका विकट र दुर्गम बस्तीहरूमा सञ्चार सेवा पुर्‍याउने लक्ष्यसहित नेपाल टेलिकम ले स्याटेलाइट प्रविधिमार्फत मोबाइल र डाटा सेवा विस्तारलाई तीव...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष...

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् ।   राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिप...

रोल्पा दुर्घटनाः २० जनाको मृत्युमा नेकपा संयोजक ‘प्रचण्ड’ स्तब्ध, राहत र सुरक्षामा जोड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व बाट थबाङ गाउँपालिका–१, रोल्पा तर्फ जाँदै गरेको जीप दुर्घटन...

त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बिहीबार उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्...

नेपाल–चीन सम्बन्धमा नयाँ सन्देश: राष्ट्रिय सभा उपाध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । सिंहदरबार मा भएको एक महत्वपूर्ण शिष्टाचार भेटमा लीला कुमारी भण्डारी र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ बीच द्विपक्षीय सम्बन...

रौतहटमा अलपत्र परेका पुल देखेपछि सांसदले भने– अब कुनै पनि बहाना हुँदैन

रौतहट  । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण ...

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं ।  विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आद...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending