Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

६४ वर्षपछि रित्तै घर फर्किए सिन्धुलीका काजीमान थिङ

खबरडबली संवाददाता

सिन्धुली। दाहिने हातको पाखुरा कन्याँउदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रांगणमा कालो वर्णको वृद्ध निजी कारबाट ओर्लिए । शीरमा ढाकाटोपी, जीउमा गन्जी, पाइन्ट, खुट्टामा चप्पल लगाएका उनले चारैतिर हेरे ।

उनले अनौठो माने  नमान्नु पनि कसरी, ६४ वर्ष अघि बालक अवस्थामै गाउँ छाडेर मुग्लान भासिका ७८ वर्षीय काजीमान थिङ (साइला) आफ्नो जीवन उत्तराद्धमा जीर्ण भएर गाउँ फर्किएका थिए । १४ वर्षको उमेरमा घर छाडेर हिँडेका काजीमान आफन्तको जिम्मा लाग्न सोमबार एक संस्थाको पहलमा जिल्ला प्रशासन कार्यालय सिन्धुली आइपुगेका थिए । काजीमान ६४ वर्षपछि रित्तै घर फर्कीएका छन्  ।

दादले दाहिने हातको पाखुरामा कन्याइरहनु पर्ने भएका काजीमानलाई वहिनी चन्द्रमायाँ थिङले पहिचान गर्न मुश्किल पर्‍यो । सुनकोशी गाउँपालिका ६ को गौखर्कका काजीमानले आफ्नो स्मृतीमा रहेका पुराना कुराहरु ल्याएर भटाभट भन्न थालेपछि भने वहिनी र गाउँलेहरु परिचित हुँदै गएका थिए ।

काजीमानले घर छोडेर हिड्दा जिम्मा लिन आएकी वहिनी चन्द्रमाया जन्मिएकी रहिनछिन् । ०१६ सालमा दाइले घर छोडेर हिँडेपछि १० वर्ष खोजखबर बिनै नफर्किएकाले छोराको आशामा बाबुले ल्याएकी कान्छीआमाबाट ०२७ सालमा जन्मिएकी रहिछिन् चन्द्रमाया । तिमी म पट्टीको वहिनी हैन्, भनेर काजीमानले प्रश्न गरेपछि चन्द्रमायाँले हैन् म कान्छीआमाको छोरी हुँ भनेर अथ्र्याएकी थिइन् । काजीमानले घर छोडेर हिँड्दा दुईवटा वहिनी र बावु सनकमान मात्र थिए अरे । आमा सञ्चमायाँ घाँसदाउरा गर्न जाँदा भिरबाट लडेर मृत्यु भइसकेको थियो । एक वहिनीको मृत्यु भइसकेको र अर्को गोलन्जोर गाउँपालिका ५ खनियाँखर्कमा रहेको काजीमानलाई जानकारी दिइयो ।

१२ वर्षमा खोलो फर्किन्छ भन्ने लोकोक्तीलाइ समेत लत्याएर काजीमान फर्किएनन् । रहरमा मुग्लान भासिएका काजीमानले बेलिविस्तार यस्तो छ ।

सहरमा रमाइलो झिलीमिली हुने, गाडि दौडिने, मिठोमिठो खान, राम्रो लगाउन पाइने सुनेपछि बालसुलभ मष्तिस्कमा त्यहि छाप वस्यो । बुबा सनकमानले भैंसी विक्री गरेर राखेको पैसा पाँचसय रुपैंयाँ चोरेर उनले घर छाडे । गौखर्कबाट मझुवा, जलकन्या, गढी आडा भएर सदरमुकाम झरेका काजीमान हिँडेरै धनुषाको लालगढ निस्किए । त्यहाबाट विराटनगर ट्रक चढेर पुगेका उनले तीनवर्ष गोठालो काम गरेर बिताए । विराटनगर बसाइ झरेका छिमेकी डाँडागाउँको कार्कीको घरमा शरणमा परेर तीनवर्ष काम गर्दा खानलाउन बाहेक केही नभएपछि उनले त्यो थलो छाडे ।

त्यहाँबाट भुटानको फुन्चिलिङ पुगेका काजीमानले् दैनिक दुइ रुपैंयाँ ५० पैसा हाजिरीमा विजुली कारखानामा तीन वर्ष काम गरे । त्यहाँको रोजगारी पनि छोडेर आसामा हुँदै भारतको पश्चिम वंगालको काल्चिनीमा पुगेका उनले त्यहि घरजम गरे । खेतीको काममा लिप्त भएर लागेका काजीमानले सन्जुमायाँ वाइवालाइ ४५ वर्षको उमेरमा भित्राएका थिए। उनका छोराछोरी भने भएनन् । विष सेवन गरेर श्रीमतीको मृत्यु भएपछि काजीमान एक्लिए । विस्तारै खेतीको काम गर्न पनि नसक्ने भएर रोगले समात्यो । उनको काल्चिनमा जमिन, घर सबै थियो । तर काम गर्न नसक्ने भएपछि त्यो काम लागेन । स्थानीयहरुले नेपाल घर भएको थाहा पाएकाले रोगले थलिएका काजीमानलाइ विर्तामोडसम्म ल्याइदिए ।

पश्चिम बंगाल काल्चिनी निवासी भिमकुमार बाक्सालिस सुनुवारको साथमा उनी नेपाल आइपुगेका हुन् । आफू जन्मेको हुर्किएको ठाउँ स्पष्ट बताउन नसक्ने साईला लामालाई नेपाल ल्याउन माया घर संस्था अध्यक्ष शुभद्रा प्याकुरेल र संस्थाका प्रतिनिधि कौशल भण्डारीले सहजीकरण गरेका थिए ।उनीहरुकाे पहलमा काजीमानलाइ इटहरीमा रहेको मायाघरमा आफन्त नभेटिएसम्मका लागि शरणमा राखियो । मायाघरमा नै काजीमानले उपचार र खानलाउन पाए । १५ दिनमा नै राम्रोसँग बोल्न र आफनो घर ठेगाना भनेपछि जिम्मा लगाउन ल्याइएको मायाँघर संस्थाका व्यवस्थापक बाबुराम सुवेदीले बताए ।

उनको वहिनीलाइ हामीले पालनपोषणका लागि जिम्मा लगाएका छौं, अरु आफन्त खोजविन हुँदै गर्ला भनेका छौं, अप्ठेरो परेमा सम्झनुहाेस हामी सघाउँछौं, भनेका छौं, व्यवस्थापक सुवेदीले भने, “हामीसँग १४३ जना सहारा विहीनहरु छन् । हामी एकअर्काको सहयोगमा उहाँहरुको व्यवस्थापन गरिरहेका छौं ।”

काजीमान नफर्किएपछि किरिया भाग समेत छुट्याएको जग्गाजमिन आफ्नो पट्टिकी वहिनी विष्णुमायाले विक्री गरेको चन्द्रमाायाले सुनाएपछि काजीमानले आफुलाइ सम्पतीको लोभ नभएको र आफ्नै भुमिमा प्राण त्याग्ने हुटहुटीले याहाँसम्म ल्याइ पुर्‍याएको बताए । लाहुरे बन्न मुग्लान पसियो, चाउरे बनेर फिर्किएँ, भन्दै काजीमानले खित्का छोडेर हाँसे ।

नेपाली, तामाङ, हिन्दी, वंगाल भाषा बोल्ने काजीमानलाइ घिम खालाङ भनेर तामाङ भाषामा जिल्ला समन्वय समितिका संयोजक समेत रहेका कारसाङ लामाले सोध्नु भएको थियो । काजीमानले सहजै गौखर्क भनेर जवाफ फर्काए । उनीहरुको केहीबेर आफ्नै भाषामा कुराकानी भयो ।

प्रजिअ सुनिता नेपालले आफन्तहरु भेटिनेक्रममा भएको र भारतको कागजपत्र केही बनाएको भए त्यसलाइ त्यागेर नेपाली नागरिकता प्राप्त गरेपछि सामाजिक सुरक्षा भत्ता उपलव्ध हुने र त्यसबाट लालन पालनमा मद्धत मिल्ने बताइन् ।

'सिन्धुली सौगात'बाट साभार

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending