काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले शनिबार राति टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको छ । विभागकाे टालीले तस्कर समूहले खोलेको फ्याक्ट्रीमा रातभर अपरेशन गरेकाे हाे ।
प्रि-फ्याबको घरभित्र सुन गाल्ने र रि-फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने फ्याक्ट्री भेटिएपछि छापा मारेर सिल गरिएको विभागका एक उच्च अधिकारीले बताए । उनका अनुसार विभागको टोलीले त्यहाँबाट आगो बाल्नका लागि राखिएका काठका धुलोका बोरा, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायतका सामान बरामद गरेको छ ।
यो सुन तस्करको समूह सोचेभन्दा निकै ठूलो देखिएकाे र राजधानीमा अर्कै फ्याक्ट्री खोलेर सुनलाई अर्कै स्वरुपमा परिणत गराउने गरेको देखिएको छ । रातभर छापा हानेर घरमा सिल गरिएकाे विभागका एक अधिकारीले बताए । उनका अनुसार सुन कस्तो स्वरुपमा परिणत गरिन्थ्यो भन्ने खुलिसकेको छैन ।
स्रोतका अनुसार, हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन नेपालसम्म ल्याइएपनि भारतमा त्यहीँ स्वरुपमा लैजाँदा जोखिम हुने भएकाले नेपालमा फेरि रिफ्रेम हुने गरेको आशंका गरिएको छ । अपरेशनमा खटिएका अधिकारीहरुका अनुसार, टोखाको फ्याक्ट्री र त्यहाँबाट बरामद सामानहरु हेर्दा यो गिरोहले ठूलो परिणामको सुन गालेर लगेको हुनसक्ने देखिएको छ ।
राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसता हालसम्म यो प्रकरणमा विभागले १८ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार मात्रै विभागको टोलीले ठमेलस्थित होटल भियनामा छापा मारेर एक जना नेपाली मुलका बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ ।
हालसम्म पक्राउ परेकामध्ये एक आरोपीको बयानका आधारमा विभागको टोलीले यो फ्याक्ट्रीसम्म पुगेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: