Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

कोशीमा डेंगी स्रक्रमितको संख्या उच्च, मुलुकभर संक्रमणको त्रास

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समय मुलुक भर  डेंगी संक्रमण फैलिएको छ । हाल देशभर ६९ वटा जिल्लामा डेंगी संक्रमण फैलिसकेको छ । 

वर्षा लागेसंगै उच्च हुने डेंगी संक्रमण मुलुकभरका १० वटा जिल्ला बढी प्रभावित बनेका छन् । संक्रमणदर सबैभन्दा बढि रहेको सुनसरीमा ७ जनाको मृत्यु समेत भइसकेको छ । गत वर्ष काठमाडौंमा महामारीको रुपमा देखिएको डेंगी संक्रमण यो वर्ष भने सुनसरी, संखुवासभासहितका पूर्वका जिल्लामा बढ्दो क्रममा रहेको छ ।

ईपिडिमियोलोजी तथा सरुवा रोग निन्त्रण महाशाखाका अनुसार गत ६ महिनाको अवधिमा डेंगी संक्रमण ६९ जिल्लामा फैलिएको छ । महाशाखाको तथ्यांक अनुसार १० वटा जिल्ला सबै भन्दा बढि प्रभावित बनेका छन् । 

सबैभन्दा बढी संक्रमण रहेको जिल्ला सुनसरी हो । धादिङ, दार्चुला, कास्की, संखुवासभा, काठमाडौं, कंञ्चनपुर, भक्तपुर, म्याग्दी र झापा डेंगीबाट अति प्रभावित जिल्लाहरु हुन् । 
पछिल्लो ६ महिनाको अवधिमा यी १० वटा जिल्लामा ४ हजार २ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा सुनसरीमा मात्रै २ हजार ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको तथ्याङ्क रहेको छ । सुनसरीमा सबैभन्दा बढि संक्रमण धरानमा देखिएको छ । धरानमा ७ जनाको ज्यान गएको छ ।

गत वर्ष अतिप्रभावित भएकाबाहेकका जिल्लामा पनि यो वर्ष डेगी संक्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा संक्रमण दर बढ्दो देखिएकाले संक्रमण रोकथाम गर्ने कामलाई तिव्रता दिएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको  छ ।

सुनसरीपछि धादिङमा डेंगी संक्रमण तीव्र देखिन्छ । तथ्यांक अनुसार धादिङमा पुष अन्तिम साता यता ४ सय १ जनामा संक्रमण देखिएको थियो । 

त्यस्तै, कास्कीमा २ सय ८, दार्चुलामा एक सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रूपन्देहीमा ४५ र मोरङमा ३८ जनामा संक्रमण देखिएको छ । एक महिना अघिसम्म सातामा दुई तीन जना मात्रै डेंडी संक्रमित भेटिन्थे । तर पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेको छ।

गत वर्ष काठमाडौं उपत्यकामा महामारीको रूप देखिएको डेंगी संक्रमण यो पटक सबैभन्दा धेरै कोशी प्रदेशमा फैलिएको छ । पुसको अन्तिम सातादेखि कोशी प्रदेशमा दुई हजार सात सय ५४, मधेसमा २२, बागमतीमा ६ सय ६७, गण्डकीमा तीन सय ४४, लुम्बिनीमा एक सय ६६,  कर्णाली प्रदेशमा २० र  सुदूरपश्चिममा तीन सय १६ जनामा संक्रमण देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending