गोरखा । गोरखा जिल्लाभित्र विभिन्न प्रकारका हिंसामा परेका महिलाको उद्धार गरी मनोसामाजिक परामर्ससहित नि:शुल्क उपचार सेवा प्रदान गरिएको छ । गोरखा अस्पतालमा आइपुगेका हिंसा पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत अस्पतालले आवश्यक नि:शुल्क उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा हरिकुमार श्रेष्ठले हिंसापीडित व्यक्तिलाई मनोसामाजिक परामर्शसहित स्वास्थ्य सेवा प्रदान भइरहेको बताए । उनले भने, “गत एकवर्षमा अस्पतालले ३६ हिंसापीडित महिलालाई एकद्वार गरी उपचार सेवा प्रदान गरिएको छ ।”
केन्द्रमार्फत पीडितहरुको वास्तविक समस्या बुझेर पीडितको जीवनको सुरक्षा प्रत्याभूत गराएर मात्र घर फर्काउने गरिएको उनले बताए । “स्वास्थ्य अवस्था ठिक भएका हिंसापीडितलाई उपचारपछि घर पठाउने गरिएको छ, मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठले भने, “चाहे घरेलु हिंसा होस् चाहे लैङ्गिक वा यौन हिंसा होस् परेका हुन् सबै हिंसापीडितलाई आवश्यक उपचार र परामर्स सेवा प्रदान गरिँदै आएको छ ।”
उपचारपछि पनि स्वास्थ्य अवस्था ठिक नभएका हिसांपीडितहरुलाई स्वास्थ्य अवस्था ठीक नभएसम्मका लागि सामाजिक विकास कार्यालय गोरखाको सहयोगमा खाने वस्ने सुविधासहित ‘सेफ हाउस’मा राख्ने गरिएकोसमेत उनले जानकारी दिए। ‘गोरखा अस्पताल र जिल्ला प्रहरी कार्यालय गोरखाको सिफारिसमा हिसांपीडित व्यक्तिलाई खाना बस्नको लागि सामाजिक विकास कार्यालय गोरखाले जिम्मा लिने गरेको छ ।अहिलेसम्मको तथ्याङक अनुुसार हिसांपीडित मध्येपनि धेरै यौन हिंसामा परेका पीडितले अस्पतालबाट मनोसामाजिक परामर्श सेवा लिएको पाइएको अस्पतालले जनाएको छ ।
“समाजका अगाडि पीडितहरुले सबै कुरा खोल्न गाह्रो मानिरहेका हुन्छन्, मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठले भने, “वास्तविक समस्या बुझेर उनीहरुका पीडा कम गर्ने र जीवनजिउने आत्माविश्वास बढाउँदै अस्पतालले उपचारको जिम्मा लिएर नि:शुल्क उपचारसँगै परामर्शको जिम्मा लिने गरेको छ ।”
हिंसामा परेका पीडितले नि:शुल्क उपचार र मनोसामाजिक परामर्शले बाँच्ने हिम्मत बढाएको बताएछन् । अस्पतालमा पुगेर उपचार गराएपछि आत्माविश्वास बढेको उनीहरुको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: