Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

खबरडबली संवाददाता

झापा । झापाको राजनीतिक इतिहासमा २०२८–२०२९ सालको कालखण्ड अत्यन्तै रक्तरञ्जित, भयावह र पीडादायी मानिन्छ । यही कालखण्डमा प्रजातान्त्रिक विचारधाराका पक्षधर तथा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता उद्रकान्त राजवंशीको आफ्नै घरभित्र निर्ममतापूर्वक हत्या गरिएको थियो ।

झापा विद्रोहको नाममा सञ्चालन गरिएको हिंसात्मक कम्युनिष्ट आन्दोलनका क्रममा उनी सिकार बनेका थिए । बिर्तामोड नगरपालिका–९ (साविक गरामनी–६) निवासी, बुबा बुधकोष राजवंशीका साइला सुपुत्रका रूपमा २०१५ सालमा जन्मिएका उद्रकान्तको हत्या २०२९ साल मंसिर २३ गते साँझ करिब ७ बजे भएको हो ।

परिवारका अनुसार हुक्का तानेर घरमै बसिरहेका उद्रकान्तमाथि चिनी माग्ने बहानामा घरभित्र प्रवेश गरेको २५–३० जनाको हतियारधारी समूहले एक्कासि आक्रमण गरेको थियो । घरेलु हतियार प्रयोग गरी ९० भन्दा बढी ठाउँमा काटेर उनलाई अत्यन्तै क्रुर र अमानवीय ढंगले हत्या गरिएको थियो ।

घटनाका प्रत्यक्षदर्शी तथा उद्रकान्तका नातिनी ज्वाइँ चण्डौल राजवंशीका अनुसार आक्रमणको दृश्य अत्यन्तै भयावह थियो ।
“उनीहरू चिनी माग्ने बहानामा घरभित्र पसे,” उनले भने, “म काखमा नानी लिएर बसिरहेको थिएँ । त्यही बेला उद्रकान्तलाई टुक्रा–टुक्रा हुने गरी काटे । म नानी लिएर बाहिर निस्कन खोज्दा मलाई पनि खुकुरी प्रहार भयो । गालामा लागेको चोट देखाउँदै भने—म भागेर मात्र बाँच्न सकेँ ।”

उनका अनुसार डकैती शैलीमा घर पसेका हतियारधारी समूहले अन्धाधुन्ध आक्रमण गर्दा आफू र पनातिनी सन्तवाला गम्भीर घाइते भएका थिए । आक्रमणको क्रममा छिमेकी मंगलसिंह राजवंशीकी श्रीमती तारामनीको पनि घटनास्थलमै मृत्यु भएको थियो ।

उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठानका अध्यक्ष खगेन्द्र मैनालीले यो घटना झापाको इतिहासकै सबैभन्दा हृदयविदारक घटनामध्ये एक भएको बताए । “यो केवल हत्या होइन, लोकतान्त्रिक आवाज दबाउने आतंक थियो,” उनले भने ।

इतिहासकारहरूका अनुसार भारतको नक्सलवादी आन्दोलनका अगुवा चारु मजुमदारको विचारबाट प्रभावित तत्कालीन नेकपा (माले)  हालको नेकपा एमाले का कार्यकर्ताले व्यक्ति हत्या अभियान सञ्चालन गरेका थिए । त्यतिबेला मुख्य रूपमा प्रजातान्त्रिक विचारधारा बोकेका नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई छानीछानी हत्या गर्ने आतंक फैलाइएको थियो ।

यही क्रममा झापामा बुटन चौधरी, ईश्वरीप्रसाद चुडाल, धर्मप्रसाद ढकाल, विष्णुप्रसाद विमलीलगायतको हत्या गरिएको इतिहासमा उल्लेख छ । २०१५ सालको आम निर्वाचनपछि नेपाली कांग्रेसको संगठन विस्तारमा आदिवासी राजवंशी समुदायबाट सक्रिय भूमिका खेलेका कारण उद्रकान्त राजवंशीलाई लक्षित गरी हत्या गरिएको स्थानीयहरू बताउँछन् ।

उद्रकान्त नेपाली कांग्रेस झापाका अग्रज नेता हरिविलास पट्वारी, फतेबहादुर बुढाथोकी, दलबहादुर बुढाथोकी, तुर्सा हेमरम, हरिशंकर मुन्सीलगायतसँग काँधमा काँध मिलाएर पार्टी काममा सक्रिय थिए । उनी प्रजातान्त्रिक समाजवादी विचारधाराका निष्ठावान् र राजनीतिक चेतनामा अब्बल कार्यकर्ता मानिन्थे ।

झापामा २०२८ साल जेठ २ गते कर्णबहादुर गौतमको हत्याबाट झापा विद्रोह सुरु भएको मानिन्छ । चीनको सर्वहारा सांस्कृतिक क्रान्ति र भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित भई जनवादी क्रान्तिको नाममा सशस्त्र हिंसा सुरु गरिएको थियो । विद्रोहको नेतृत्व सीपी मैनाली, आरके मैनाली, मोहनचन्द्र अधिकारी, केपी ओलीलगायतले गरेको इतिहासमा उल्लेख छ ।

झापा विद्रोहका क्रममा विद्रोही पक्षबाट उद्रकान्त राजवंशीसहित ८ जना र सरकारी पक्षबाट ७ जना गरी कुल १५ जनाको ज्यान गएको थियो । पुण्य शर्मा भने आजसम्म बेपत्ता छन् ।

उद्रकान्त राजवंशीको हत्या केवल एक व्यक्तिको मृत्यु मात्र थिएन । त्यो झापाको राजनीतिक इतिहासमा प्रजातान्त्रिक आवाज दबाउने एउटा भयावह अध्याय थियो । आज पनि उनी झापाली राजनीतिमा सहिदका रूपमा स्मरण गरिन्छन् । सत्य, विचार र लोकतन्त्रका लागि ज्यान अर्पण गरेका उद्रकान्त राजवंशीको योगदान झापाको राजनीतिक इतिहासमा अग्र स्थानमा रहेको नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending