पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ।
नगरपालिकाले नगरका मुख्य चोक, चौतारा र सार्वजनिक स्थलहरूमा आगो ताप्न दाउरा वितरण सुरु गरेको छ। पहिलो चरणमा बढी आवतजावत हुने स्थानहरूमा दाउरा पुर्याइएपछि क्रमशः नगरका अन्य वडा र आवश्यक स्थानहरूमा वितरण विस्तार गरिने योजना रहेको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख तथा विपद् व्यवस्थापन समिति संयोजक धनपत यादवले भने, “कोही पनि नगरवासीले चिसोका कारण कष्ट भोग्नु नपरोस् भन्ने उद्देश्यले हामी दाउरा वितरणमा सक्रिय छौँ। अन्य राहत प्याकेजहरू पनि उपलब्ध गराउने तयारी छ।”
साथै, नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि न्यानो कपडा वितरण गर्ने निर्णय पनि गरेको छ। प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले प्रशासनिक रूपमा विपद् व्यवस्थापनका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिए। उनले थपे, “स्वास्थ्य शाखामार्फत चिसोका कारण लाग्ने रोगहरू रोकथामका लागि पनि तयारी अवस्थामा छौँ।”
नगरपालिकाले विशेष लक्षित वर्ग पहिचान गरी, दाउरा र न्यानो कपडा वितरण कार्यलाई प्राथमिकतामा राखेको छ। यसले विपन्न, वृद्धवृद्धा र बालबालिकालाई तत्काल राहत पुर्याउने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: