पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ।
नगरपालिकाले नगरका मुख्य चोक, चौतारा र सार्वजनिक स्थलहरूमा आगो ताप्न दाउरा वितरण सुरु गरेको छ। पहिलो चरणमा बढी आवतजावत हुने स्थानहरूमा दाउरा पुर्याइएपछि क्रमशः नगरका अन्य वडा र आवश्यक स्थानहरूमा वितरण विस्तार गरिने योजना रहेको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख तथा विपद् व्यवस्थापन समिति संयोजक धनपत यादवले भने, “कोही पनि नगरवासीले चिसोका कारण कष्ट भोग्नु नपरोस् भन्ने उद्देश्यले हामी दाउरा वितरणमा सक्रिय छौँ। अन्य राहत प्याकेजहरू पनि उपलब्ध गराउने तयारी छ।”
साथै, नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि न्यानो कपडा वितरण गर्ने निर्णय पनि गरेको छ। प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले प्रशासनिक रूपमा विपद् व्यवस्थापनका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिए। उनले थपे, “स्वास्थ्य शाखामार्फत चिसोका कारण लाग्ने रोगहरू रोकथामका लागि पनि तयारी अवस्थामा छौँ।”
नगरपालिकाले विशेष लक्षित वर्ग पहिचान गरी, दाउरा र न्यानो कपडा वितरण कार्यलाई प्राथमिकतामा राखेको छ। यसले विपन्न, वृद्धवृद्धा र बालबालिकालाई तत्काल राहत पुर्याउने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: