Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

खबरडबली संवाददाता

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले ती सम्पदाको दिगो संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने लक्ष्यका साथ वडा कार्यालयले योजनाबद्ध पहल थालेको हो ।

स्थानीय संस्कार, संस्कृति र पहिचानको संरक्षणलाई प्राथमिकतामा राख्दै धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यले ऐतिहासिक तथा धार्मिक क्षेत्रको पूर्वाधार विकासमा निरन्तर काम भइरहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार वडाभित्र रहेको भोजपुरकै प्रसिद्ध शिद्धकाली मन्दिर, बज्रयोगिनी मन्दिर, कैलाश डाँडा, पेमा छ्योलिङ बौद्ध गुम्बा तथा हिमालयण महायानी विश्व शान्ति बौद्ध गुम्बालगायतका धार्मिक स्थलको संरक्षण तथा विकासका लागि वडाले आन्तरिक बजेट विनियोजन गरी आवश्यक सहयोग गर्दै आएको छ । सदरमुकामसँग प्रत्यक्ष जोडिएको वडा भएकाले यहाँका धार्मिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिइएको उनको भनाइ छ ।

“हाम्रो वडामा धेरै महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा रहेका छन्,” वडाध्यक्ष तामाङले भने, “यी सम्पदालाई धार्मिक पर्यटनसँग जोडेर स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने हाम्रो लक्ष्य हो । वडाको क्षमताअनुसार बजेट व्यवस्थापन गरेर क्रमशः आवश्यक पूर्वाधार निर्माण र संरक्षणको काम गरिरहेका छौँ ।”

त्यससँगै स्थानीय परम्परा र संस्कृति जगेर्नाका लागि बस्नेत समुदायको देवालीथान संरक्षण, भोजन कृतनस्थल निर्माण, शेर्पा तथा तामाङ समुदायका लागि समाधिस्थल संरक्षणलगायतका कार्यसमेत सम्पन्न गरिएको छ । सबै जातजाति र समुदायको अपनत्व हुने गरी वडास्तरबाट सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन भइरहेको वडाध्यक्ष तामाङले बताए।

वडाले धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणसँगै प्रचार–प्रसारलाई प्राथमिकतामा राखेको जनाएको छ । यी सम्पदाको व्यवस्थित संरक्षण र प्रवर्द्धनसँगै धार्मिक पर्यटनको विकास हुने र त्यसले स्थानीय रोजगारी तथा आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा वडाले लिएको छ ।

स्थानीय मेला, पर्व, धार्मिक कार्यक्रम तथा सञ्चारमाध्यममार्फत ती क्षेत्रको पहिचान बढाउने प्रयास भइरहेको छ । यसले आगामी दिनमा धार्मिक पर्यटन प्रवर्द्धन भई स्थानीय व्यापार, होटल व्यवसाय तथा साना उद्यममा सकारात्मक प्रभाव पर्ने वडाको भनाइ छ ।

स्थानीयवासीले पनि धार्मिक सम्पदाको संरक्षणमा सक्रिय सहभागिता जनाइरहेका छन् । संरक्षणका कार्यमा श्रमदान, आर्थिक सहयोग तथा सामुदायिक निगरानी बढ्दै गएको स्थानीयको भनाइ छ । यसरी समुदाय र स्थानीय सरकारको सहकार्यमा अघि बढाइएका संरक्षणका प्रयासले काफ्लेलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने विश्वास लिइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: