Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुनिश्चिता गर्न तत्काल नयाँ टेण्डर प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्रालयमा सम्पन्न चालू आर्थिक वर्ष २०८२/८३को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा विकास समस्या समाधान बैठकमा मन्त्री घिसिङले रद्द भएका ठेक्काको बाँकी कामको नापजाँच र निर्माण पूरा गर्न लाग्ने बजेटको मूल्याङ्कन गरी नयाँ टेण्डर प्रक्रिया अघि बढाउन सुझाव दिएका हुन् ।

सडक विभागअन्तर्गत हाल ४३ वटा ठेक्का तोडिएका छन्, जसको कुल रकम २ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ । मन्त्री घिसिङले ठेक्का तोडिएका योजनाको स्रोत व्यवस्थापन पहिलेनै सुनिश्चित भएकाले समस्या नरहेको र आवश्यक परे अर्थ मन्त्रालयसँग सहजीकरण गरिने बताए।

मन्त्री घिसिङले तराई/मधेश क्षेत्रमा पुल निर्माणमा विशेष चुनौती रहेको उल्लेख गर्दै भने, “कयौं पुल अलपत्र छन्, त्यसैले पुल निर्माणमा बहुवर्षीय प्रक्रिया अपनाउनु अनिवार्य छ ।” 

बैठकमा मन्त्रालयका सचिव केशव कुमार शर्माले पनि प्रगति उत्साहजनक नभएको उल्लेख गर्दै, ठेक्का तोडिएका परियोजनालाई अलपत्र नछाडि तत्काल व्यवस्थापन प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

चालु आवमा मन्त्रालयका लागि एक खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसमा पहिलो त्रैमासिकको लागि ४८ अर्ब ५२ करोड, जुनमध्ये ११ अर्ब ६४ लाख मात्र खर्च भएको छ। यसले वार्षिक र त्रैमासिक विनियोजनको क्रमशः ७.६७ र २४ प्रतिशत मात्र प्रगति देखाएको बताइएको छ।

बैठकमा मन्त्रालयका अधिकारीहरूले योजना छनोट, प्राथमिकीकरण, बजेट विनियोजन र स्थानीय अवरोधका कारण ठेक्का सम्झौता कार्यान्वयनमा देखिएका समस्या पनि प्रस्तुत गरेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: