बारा । बारामा एक श्रीमानले श्रीमतीको घाँटी रेटी हत्या गरेका छन् । सिम्रौनगढ़ नगरपालिका वडा नम्वर ६ को बजार टोलमा बुधवार बिहान ४ बजेको समयमा श्रीमानद्वारा श्रीमतीको घाँटी रेटी हत्या गरेका हुन् ।
स्थानीय जहीर चुडिहारका ज्वाई भारत बिहारको पूर्वी चम्पारण चिरैया थाना अंतर्गत पोखरिया बस्ने अन्दाजी ३६ वर्षका राज चुडिहारले अन्दाजी २७ बर्षिया आफ्नी श्रीमती आस्मिन चुडिहारलाई सुतीरहेको अवस्थामा धारिलो हतीयारले घाँटी रेटेर हत्या गरेको प्रहरी निरीक्षक जितेन्द्र साहले जानकारी दिए ।
घटना थाहा पाए लग्तै आफ्नो नेतृत्वमा घटनास्थललाई घेराउ गरिएकाे र घटनामा संलग्न हत्या आरोपी मियाँलाई नियन्त्रणमा लिएको उनले बताए ।
प्रहरी निरीक्षक साहका अनुसार श्रीमान श्रीमती बिच पहिले देखि घरायसी विवादले पटक-पटक झगडा हुँदै आएको थियाे । झगडाको उग्र रुप लिदा बिहान एक्कासी घरमा आएर धारिलो हतियारले सुतीरहेकी श्रीमतीलाई पटक पटक प्रहार गरेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीकाे भनाइ छ ।
परिवारजनका अनुसार बिहान सुतिरहेको आस्थामा छोरी सुतिरहेको कोठाबाट पिडादायिक आवाज सुनेर हेर्न जादा छोरी रक्तमय अवस्थामा देखेर प्रहरीलाई खबर गरेको बताए । घटना अनुसन्धान गरिरहेको र मृतकको शव पोस्ट मार्टम गर्न कलैया स्थित प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: