बारा । नेपाल प्रहरी विरूद्ध बारामा मशाल जुलुस निकालिएको छ । सदरमुकाम कलैयामा मंगलवार साझ प्रदर्शनकारीहरूले मशाल जुलुस निकालेका हुन् ।
नेपाली कांग्रेसको उपसभापति मनोज भट्टको नेतृत्वमा हजारौको संख्यामा प्रहरी विरूद्ध मशाल जुलुस निकालिएको हो । मशाल जुलुसमा सहभागीहरूले प्रहरी मुर्दावाद, प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेय र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन गर जस्ता नारा लगाएका थिए ।
कलैया बघवन सडकखण्डमा तीन साताअघि पिकअप भ्यान र मोटरसाइकल दुर्घटनामा परि महागढीमाई नगरपालिका-७ बेनौली निवासी २० वर्षीय सुनिल यादवलाई चोटपटक लागि अस्पताल भर्ना भएका थिए ।
सोही घटनाको विषय लिएर पीडकबाट उपचार खर्च दिलाउने विषयमा गत बुधवार साझ नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र एकीकृत समाजवादीका सह सचिव धुर्व यादव जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
छलफलकै क्रममा प्रहरीसित भनाभन परेपछि प्रहरीले कार्यालयको ढोका बन्द गरेर दुवैलाई निर्घात कुटपिट गरेका थिए । प्रहरीको कुटाइबाट बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा गहिरो चोट लागेको सचिव यादव अस्पतालमा उपचार्थ थिए ।
उपचारमा संलग्न डाक्टरको टिमले ढाडको स्पाईनको डिस्क नै ब्रेक भएकोले सोको अपरेसन गर्नु पर्ने बताएका थिए । अवस्था झन झन बिग्रिदै जादा यादवलाई सोमवार भारतको दिल्ली स्थित मेदन्ता हस्पिटलमा स्पाईनको अपरेशन गर्नको लागि लगिएको परिवारजनले बताएका छन् ।
मशाल जुलुसमा नेपाली कांग्रेसका उप सभापति मनोज भट्ट, सचिव राजेश रौनियार, युवा नेता प्रिङका दास, साजन गुप्ता, सागर पटेल, निजामुद्दीन असारी, नेकपा एसका सचिव विक्रम ठाकुर, सहसचिव ध्रुव यादव, नगर अध्यक्ष अरूण खनाल, संविधान सभा सदस्य प्रमोद गुप्ता, जसपाका रामबाबु यादव, कमलेश मण्डल, सुजित पाण्डेय, जनमत पार्टीका शिवनाथ पटेल, गोपाल दास लगायत सर्वदलीय प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: