काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको बताएका छन् । समाजवादमा गएपछि पनि भ्रष्टाचार स्वतः अन्त्य नहुने भन्दै उनले यस्तो बताएका हुन् ।
पुष्पलालको ४६ औं स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिशनतन्त्रको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । साथै उनले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसक्दा जनतामा निराशा र विकर्षण रहेको स्वीकार गर्दै आर्थिक सामाजिक रुपान्तरणको प्रक्रिया धेरै धीमा र मन्द गतिमा सीमित रहेको बताए ।
‘त्यसो किन भयो त ?’ प्रश्न गर्दै गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसो हुनुमा कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको छ मूल समस्या यो हो ।’ उनले भ्रष्टाचारको साङ्लोमा राजनीति बेरिएकाले त्यसलाई भत्काएर राजनीतिलाई सफा नगरी देश बदल्न नसकिने भएकाले पहिलो काम त्यसलाई बनाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले विभिन्न भ्रष्टाचार काण्डहरुबारे सरकारले कदम चालिहरेको भन्दै दोषी र अपराधी नछुट्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको समेत बताए ।
उनले राजनीति पार्टीका नेता, उद्यमी व्यवसायी भ्रष्टाचारमा परेर अनुसन्धान गर्न थालिए उनीहरु आफूहरुलाई कारबाही गर्ने ? भनेर कराउने प्रवृत्ति रहेको भन्दै कानुन सबैलाई बराबर हुने बताए ।
कार्यक्रममा उनले समाजवादको आजको मोडल र ढाँचाबारे बहसकै रुपमा रहेको बताए । ‘हामी कम्युनिस्टहरु वैज्ञानिक मान्यतामा आधारित समाजवाद भन्छौ । पुँजीवादभित्रको समाजवाद हाम्रो मान्यता होइन । समाजवाद निर्माणको बाटो के हो भन्ने पनि बहसकै रुपमा रहेको छ’, मन्त्री श्रेष्ठको भनाइ छ । उनले पुँजीवादको विकल्प नै समाजवाद भएको भन्दै समाजवादमा भ्रष्टाचार हुँदैहुँदैन भन्न नसकिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: