Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

व्यवसाय छाडेर पलायन हुँदै कुखुरापालक किसान

खबरडबली संवाददाता

कञ्चनपुर  । खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय क्षेत्राट तस्करले अवैध रुपमा ब्रोइलर कुखुरा, चल्ला, अण्डा, माछालगायत भित्र्याउन थालेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन । भारतबाट अवैध रुपमा तस्करी गरी भित्र्याइएका कुखुरा, चल्ला, अण्डा, माछासँग प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायी हतोत्साहित हुँदै व्यवसाय छाड्न थालेका छन् ।

धेरै व्यवसायीले उत्पादित कुखुराजन्य वस्तुको बजार नपाउँदा व्यवसायनै छाडनुपरेको छ । शुक्लाफाँटा, कृष्णपुर, लालझाडी कुखुरा, अण्डा उत्पादक किसान सङ्घ कञ्चनपुरका सचिव शम्भुबहादुर थापाले स्थानीय बजारमा पहिलो हक स्थानीय उत्पादन भएकाले बाह्य क्षेत्रबाट ल्याइने कुखुरा, अण्डा, माछामा रोक लगाइनुपर्ने बताए ।

“व्यावसायिक फर्मलाई विविधवत् रुपमा दर्ता गरी बैंक सहकारी संस्थाबाट ऋण निकालेर व्यवसाय गर्न थालेका छौँं” उनले भने, “कुखुराजन्य बस्तुको बजार नपाउँदा व्यवसायनै धरापमा पर्न थालेको छ, धेरै व्यवसायीले गर्दै आएको व्यवसाय छाडेर पलायन भएका छन् ।”बैंकको ब्याज र किस्ता बुझाउन नसक्दा धेरै व्यवसायीले मानसिक तनावमा बस्नुपरेको उनले उल्लेख गरे । सङ्क्रमक बर्डफ्लुलगायतका रोग फैलिन निदिनका लागि भारतीय क्षेत्रबाट पशुपक्षीजन्य बस्तुको आयात गर्नमा सरकारले रोक लगाएको धेरै भए पनि खुला सीमा क्षेत्रबाट धमाधम भित्रिन थालेकोमा उनी चिन्ता व्यक्त गर्छन् ।

“भारतीय क्षेत्रबाट भित्रिने पशुपक्षीजन्य बस्तु ल्याउने कार्य पूर्ण रुपमा रोकिनुपर्छ” स्थानीय कुखुरापालक हर्कराज मिश्रले भने,“ जिल्ला बाहिरबाट आउने कुखुराजन्य बस्तु आपूर्ति र मागका आधारमा आयात गर्ने व्यवस्था मिलाइयोस ।”

विदेशबाट कमाएको पैसा धेरै युवाले मातृभूमिमै केही गरौं भनेर कुखुरा, माछापालन लगायतका कृषिजन्य कार्यमा लगानी गरेको उनको भनाइ छ । बाह्य क्षेत्रबाट अवैध रुपमा ल्याइने कुखुरा, माछासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायीलाई लगानी डुब्ने चिन्ताले सताउन थालेको छ । “कुखुरा र माछापालनमा लागेका व्यवसायीको पेसामै चुनौती थपिएको छ” कुखुरापालक किसान खडक सिंह साउदले भने, “कुखुराका चल्ला, चारो, औषधि खरिदमै ठूलो लगानी लाग्छ, चल्ला हुर्काएर बेच्नका लागि कुखुरा तयार गर्न निकै परिश्रम गर्नु पर्दछ, बजारमा बेच्नका लागि लैजाँदा लागत खर्चनै नउठने गरी बेच्नु पर्दा घाटा सहनुपरेको छ ।”

स्थानीय व्यवसायीले स्थानीय तहमा बाह्य क्षेत्रबाट अवैध रुपमा भित्रिदै आएको कुखुरा र माछालगायत रोक्नका लागि ज्ञापनपत्रसमेत बुझाउनु भएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाका अनुसार नगरपालिकाभित्र अवैध रुपमा भारतीय कुखुरा, माछा, चल्ला, अण्डा आयात गर्न निषेध गरिएको छ । अवैध रुपमा आयात गरिएको भेटिए रु १० हजार जरिवाना हुने उनले बताए ।

“व्यवसायीबाट भारतीय कुखुरा, चल्ला, अण्डा र माछा भित्रिन थालेको व्यापक गुनासो आएपछि त्यसलाई रोक्नका लागि सुरक्षा निकायसँग समन्वय गरेका छौँ” उनले भने,“यसरी ल्याएको पाइए जरिवनासहित प्रचलित कानुनअनुसार कारबाही हुन्छ।” शुक्लाफाँटा नगरपालिकाको पशु शाखका प्रमुख रामप्रसाद भट्टले पक्षीजन्य वस्तु भारतबाट आयात गर्न निषेध गरिएको बताए ।

“बाह्य जिल्लाबाट यस नगरपालिकामा पशुपक्षीजन्य (कुखुरा, अण्डा, चल्ला, माछा, मासु) पदार्थ ओसारपसार गर्दा दर्तावाला पशु चिकित्सकद्वारा जारी गरिएको पशु स्वास्थ्य प्रमाणपत्रको सक्कलप्रति अनिवार्य रुपमा साथमा हुनुपर्ने प्रावधान राखेका छौँ” उनले भने, “अवैध रुपमा आयात गरिएको भेटिए नियम अनुसार कारबाही हुन्छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending