Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

व्यवसाय छाडेर पलायन हुँदै कुखुरापालक किसान

खबरडबली संवाददाता

कञ्चनपुर  । खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय क्षेत्राट तस्करले अवैध रुपमा ब्रोइलर कुखुरा, चल्ला, अण्डा, माछालगायत भित्र्याउन थालेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन । भारतबाट अवैध रुपमा तस्करी गरी भित्र्याइएका कुखुरा, चल्ला, अण्डा, माछासँग प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायी हतोत्साहित हुँदै व्यवसाय छाड्न थालेका छन् ।

धेरै व्यवसायीले उत्पादित कुखुराजन्य वस्तुको बजार नपाउँदा व्यवसायनै छाडनुपरेको छ । शुक्लाफाँटा, कृष्णपुर, लालझाडी कुखुरा, अण्डा उत्पादक किसान सङ्घ कञ्चनपुरका सचिव शम्भुबहादुर थापाले स्थानीय बजारमा पहिलो हक स्थानीय उत्पादन भएकाले बाह्य क्षेत्रबाट ल्याइने कुखुरा, अण्डा, माछामा रोक लगाइनुपर्ने बताए ।

“व्यावसायिक फर्मलाई विविधवत् रुपमा दर्ता गरी बैंक सहकारी संस्थाबाट ऋण निकालेर व्यवसाय गर्न थालेका छौँं” उनले भने, “कुखुराजन्य बस्तुको बजार नपाउँदा व्यवसायनै धरापमा पर्न थालेको छ, धेरै व्यवसायीले गर्दै आएको व्यवसाय छाडेर पलायन भएका छन् ।”बैंकको ब्याज र किस्ता बुझाउन नसक्दा धेरै व्यवसायीले मानसिक तनावमा बस्नुपरेको उनले उल्लेख गरे । सङ्क्रमक बर्डफ्लुलगायतका रोग फैलिन निदिनका लागि भारतीय क्षेत्रबाट पशुपक्षीजन्य बस्तुको आयात गर्नमा सरकारले रोक लगाएको धेरै भए पनि खुला सीमा क्षेत्रबाट धमाधम भित्रिन थालेकोमा उनी चिन्ता व्यक्त गर्छन् ।

“भारतीय क्षेत्रबाट भित्रिने पशुपक्षीजन्य बस्तु ल्याउने कार्य पूर्ण रुपमा रोकिनुपर्छ” स्थानीय कुखुरापालक हर्कराज मिश्रले भने,“ जिल्ला बाहिरबाट आउने कुखुराजन्य बस्तु आपूर्ति र मागका आधारमा आयात गर्ने व्यवस्था मिलाइयोस ।”

विदेशबाट कमाएको पैसा धेरै युवाले मातृभूमिमै केही गरौं भनेर कुखुरा, माछापालन लगायतका कृषिजन्य कार्यमा लगानी गरेको उनको भनाइ छ । बाह्य क्षेत्रबाट अवैध रुपमा ल्याइने कुखुरा, माछासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायीलाई लगानी डुब्ने चिन्ताले सताउन थालेको छ । “कुखुरा र माछापालनमा लागेका व्यवसायीको पेसामै चुनौती थपिएको छ” कुखुरापालक किसान खडक सिंह साउदले भने, “कुखुराका चल्ला, चारो, औषधि खरिदमै ठूलो लगानी लाग्छ, चल्ला हुर्काएर बेच्नका लागि कुखुरा तयार गर्न निकै परिश्रम गर्नु पर्दछ, बजारमा बेच्नका लागि लैजाँदा लागत खर्चनै नउठने गरी बेच्नु पर्दा घाटा सहनुपरेको छ ।”

स्थानीय व्यवसायीले स्थानीय तहमा बाह्य क्षेत्रबाट अवैध रुपमा भित्रिदै आएको कुखुरा र माछालगायत रोक्नका लागि ज्ञापनपत्रसमेत बुझाउनु भएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाका अनुसार नगरपालिकाभित्र अवैध रुपमा भारतीय कुखुरा, माछा, चल्ला, अण्डा आयात गर्न निषेध गरिएको छ । अवैध रुपमा आयात गरिएको भेटिए रु १० हजार जरिवाना हुने उनले बताए ।

“व्यवसायीबाट भारतीय कुखुरा, चल्ला, अण्डा र माछा भित्रिन थालेको व्यापक गुनासो आएपछि त्यसलाई रोक्नका लागि सुरक्षा निकायसँग समन्वय गरेका छौँ” उनले भने,“यसरी ल्याएको पाइए जरिवनासहित प्रचलित कानुनअनुसार कारबाही हुन्छ।” शुक्लाफाँटा नगरपालिकाको पशु शाखका प्रमुख रामप्रसाद भट्टले पक्षीजन्य वस्तु भारतबाट आयात गर्न निषेध गरिएको बताए ।

“बाह्य जिल्लाबाट यस नगरपालिकामा पशुपक्षीजन्य (कुखुरा, अण्डा, चल्ला, माछा, मासु) पदार्थ ओसारपसार गर्दा दर्तावाला पशु चिकित्सकद्वारा जारी गरिएको पशु स्वास्थ्य प्रमाणपत्रको सक्कलप्रति अनिवार्य रुपमा साथमा हुनुपर्ने प्रावधान राखेका छौँ” उनले भने, “अवैध रुपमा आयात गरिएको भेटिए नियम अनुसार कारबाही हुन्छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending