काठमाडौं । सिनामंगलमा सुनपसलेले पैसा नदिए पछि सटर बाहिर शंकास्पद वस्तु राखेको खुलेको छ । सुन व्यवसायीसँग पटकपटक पैसा मागीएकाे र पैसा नदिएपछि बम राखिउकाे खुलेकाे हाे ।
सिनामंगलमा ६० वर्षीय मने विश्वकर्माले सञ्चालन गर्दै आएको खोटाङ हेलेसी ज्वेलर्सको सटरमुनि शङ्कास्पद वस्तु भेटिएको हो । अञ्जान व्यक्तिले आज मात्रै पैसा माग्नका लागि ९ पटक फोन गरेको उनले बताए । शंकास्पद वस्तु राख्ने व्यक्तिको नाम भने खुलेको छैन ।
उनले भने, ‘आज ९ पटक फोन गरेर ५ लाख मागेका थिए । ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएका थिए । मैले पैसा दिन नमानेपछि यहाँ शङ्कास्पद वस्तु राखे । ’
सटरमा संयोजक सफलको नाममा टाँसिएको पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । ’
५ वर्षअघिबाट पसल सञ्चालन गर्दै आएका विश्वकर्मासँग यसअघि गत वर्षपनि २ जना पसलमा नै आएर पैसा मागेको खुलेको छ । पसल सञ्चालक विश्वकर्माले प्रहरीलाई खबर गर्ने बताए पनि उनीहरू भागेका थिए ।
अहिले त्यो क्षेत्र प्रहरीको नियन्त्रणमा छ । शङ्कास्पद वस्तु डिस्पोजलका लागि नेपाली सेनाको टोली त्यसतर्फ गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: