Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

लिखु पिके हाइड्रोले पुनः ‘आइइई’ गर्नुपर्ने स्थानीयको माग

खबरडबली संवाददाता

काठमाडौं  । लिखु खोला निर्माण हुने पिके हाइड्रोपावर कम्पनीले प्रस्ताव गरेको लिखुखोला जलविद्युत आयोजनाको पुनः वातावरणीय प्रभाव मूल्याङ्कन गर्न स्थानीयले माग गरेका छन् । प्रभावित खिजीदेम्बा गाउँपालिका वडा नं। ४ काति र वडा नं। ७ रावादोलुका स्थानीयले पुनः आइइई हुनुपर्ने माग गरेका हुन् ।

सात, आठ वर्षसम्म सम्भाव्यता सर्भेक्षणको बहानामै समय विताएको र स्थानीयसँग कुनै परामर्श नलिई आयोजनाको काम अघि बढाएको भन्दै पुनः आइइइको माग गर्दै ५ सय ७० जना स्थानीयले गाउँपालिकामा ज्ञापन पत्र बुझाएको स्थानीय किशोर सुनुवारले जानकारी दिए ।

प्रभावित क्षेत्रका नागरिक, आदिवासी समुदायले गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई ज्ञापन पत्र बुझाउँदै आयोजनाले सात वर्षसम्म सूचना लुकाएको र भरखरै सार्वजानिक भएको प्रारम्भिक वातावरण परीक्षण (आइइइ) मा गम्भिर त्रुटी रहेकाले पुनरालोकण गर्नुपर्ने माग गरेको सुनुवारको भनाइ छ ।

आइइइमा न्यून्तम कुराहरुलाई समेत ध्यान नदिएको पाइएपछि आफूहरु आन्दोलित हुनुपरेको स्थानीय कमल सुनुवारले बताए । पुनः आइइइ नभएसम्म आयोजना कुनैपनि हालतमा अघि बढ्न नदिने र नदिन गाउँपालिकालाई अनुरोध गरेको सुनुवारको भनाइ छ ।

अरबौं लगानी गर्ने तर स्थानीय नागरिक, आदिवासी समुदायको मानव अधिकारलाई वेवास्ता गरेर आयोजना अघि बढ्न नसक्ने गाउँपालिका अध्यक्ष शेर्पाको भनाइ छ । आदिवासी र प्रभावित क्षेत्रको नागरिकको पूर्व सुसुचित सूचनाको अधिकार र लाभहानिका विषयमा खुलस्त रुपमा छलफल भएपछि मात्रै आयोजना अघि बढाउन उचित हुने अध्यक्ष शेर्पाले बताए ।

आइएलओ १६९, नेपालको प्रचलित कानून अनुसार जलविद्युत आयोजनाले काम गर्नुपर्ने स्थानीयको माग छ । मागको सम्बन्धमा आफू सकारात्मक रहेको र तत्काल आयोजना व्यवस्थापकहरुसँग छलफल गरी यथार्थ बुझ्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

२०७४ मा गरेको आइइइकै आधारमा ४ बर्ष पछि त्यही प्रकृतिको जलविद्युत उद्योग सञ्चालन गर्न नसकिने कुरामा आयोजना व्यवस्थापकले समेत ध्यान पुर्याउनु पर्ने बताउनु हुँदै अध्यक्ष शेर्पाले केही दिनअघि मात्रै जलविद्युत निर्माण कम्पनीको प्रतिनिधीले प्रभावित क्षेत्रको घरधुरी, जनसंख्याबारे आफूसँग जानकारी लिएको बताए ।

स्थानीयले वडा कार्यालयमा समेत पुनः प्रारम्भिक वातावरण परीक्षणका लागि निवेदन दिएका छन् । वातावरणीय परीक्षण प्रतिवेदनमा प्रभावित क्षेत्रहरु छुटाएको वडा अध्यक्ष वडा अध्यक्ष होमबहादुर सुनुवारले जानकारी दिए । पिकेहाइड्रो पावरले चतुराइँपूर्वक काम गर्न खोजेको थाहा पाएपछि आफूकहाँ सिफारिसको लागि आएको फाइल रोकेको वडा अध्यक्ष सुनुवारको भनाइ छ ।

गाउँपालिकासँग गरेको १९ बुँदे सम्झौता समेत हाइड्रोले लागु नगरेको स्थानीयको आरोप छ । सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीले आयोजना व्यवस्थापकहरुको नियत मै शंका गर्नुपर्ने अवस्था रहेको स्थानीय रमेशकुमार सुनुवारले बताए  ।

जनप्रतिनिधीहरुले समेत दबाबमा काम गर्नुपर्ने बताएपछि स्थानीयले आर्थिक चलखेल भएको आशंक गरेका छन् । प्रभावित क्षेत्रका नागरिकले छिमेकी जिल्ला रामेछापको उमाकुण्डका गाउँपालिका, विभिन्न निकाय, राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

उत्पादन इजाजत लिएको एक बर्षभित्र काम शुरु गर्नुपर्ने भएपनि अहिलेसम्म आयोजना अघि बढ्न सकेको छैन । प्रभावित क्षेत्रको वस्ती व्यवस्थापन, पहिरो नियन्त्रण, जलचरहरुका सम्वन्धमा स्पष्ट रुपमा नआएसम्म आफूहरुको आन्दोलन जारी रहने र आयोजना अघि बढ्न नदिने स्थानीयको अडान लिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending