विराटनगर । ललिता निवास जग्गा हिनामिना प्रकरणमा विराटनगरका व्यापारी घराना सारडा ग्रुप पनि मुछिएपछि विराटनगरका दुई वटा व्यापारी संघसंस्थाले बचाउमा उत्रिँदै विरोध गरेका छन् ।
सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा र उनका छोरा सन्दीपकुमारविरुद्ध पक्राउ पूर्जी जारी भए सँगै व्यापारी संघसंस्थाले बचाउमा उत्रेका हुन् ।
पक्राउ पूर्जी जारीपछि भएसँगै शिवका बाबुछोरा श्रीनिवास सारडा, राधेश्याम सारडा र पवनकुमार सारडा सम्पर्कविहीन छन् । मोरङ व्यापार संघ र उद्योग परिसंघ कोशी प्रदेशले विज्ञप्ति निकालेर सरकारले गरिरहेको अनुसन्धानबाट उद्योगी व्यवसायी हतोत्साहित हुनु परिरहेको बताएका छन् । अनुसन्धानका नाममा धरपकड भइरहेको उनीहरूको आरोप रहेको छ ।
संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल र परिसंघका प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले जारी गरेको विज्ञप्तिमा मुलुक आर्थिक संकटमा गइरहेका बेला उद्योगी व्यवसायीमाथि त्रास सिर्जना गरिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको आन्तरिक अर्थतन्त्र नसुध्रिएको, लगानी विस्तार हुन नसक्दा कूल गृहस्थ उत्पादन कम भएको, राजस्व सङ्कलन घटेको, मूल्यवृद्धि ७ प्रतिशतमाथि रहेको, जथाभाबी कर निर्धारणले व्यवसायी त्रसित बनिरहेको, विद्युत् बैंकजस्ता निकायको श्रृंखलाबद्ध प्रहार भोग्नुपरेको छ ।’
पक्राउ गर्ने, थुन्ने, सुनुवाइको मौका नै नदिई थुनामा राख्नेतर्फ अग्रसर भएकाले उद्योगी व्यवसायीहरू राज्य संयन्त्रप्रति थप सशंकित हुनु परेको विज्ञप्तिमा उल्लेख छ । क्षतिको कारण र मूल जरो यकिन नगरी व्यवसायीलाई पक्राउ गर्ने र थुन्ने सरकारको कदम न्यायसंगत मान्न नसकिने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
विज्ञप्तिमा सरकारी जग्गा एवं सार्वजनिक सम्पत्तिलाई निजी बनाउने वा अपचलन गर्ने गराउने मुख्य जिम्मेवारलाई कानूनबमोजिम कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
राज्यसँग भएको रेकर्ड र स्रेस्ताका आधारमा कारोबार गरेको तथा सरकारी निकाय साक्षी राखेर सरकारले नै प्रमाणित गरिदिएको जग्गाको कारोबारमा कैफियत देखिँदा किन्ने मान्छे कसरी दोषी हुन्छ भनेर यी दुई संगठनले प्रश्नसमेत गरेका छ्न् । सारडा परिवारभित्र कान्छो भाइ पवन संविधानसभा सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष समेत हुन् । शिव रतन जेठो, श्री निवास माइलो र राधेश्याम साइँला भाइ हुन् ।
ललिता निवासको १ सय ४३ रोपनी जग्गा सङ्गठित रूपमा सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरणसम्बन्धी कसुरमा अनुसन्धान केन्द्रित छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...
जेष्ठ ४ गते, २०८३ - १९:२९
काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...
जेष्ठ ४ गते, २०८३ - १९:१८
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...



प्रतिकृया लेख्नुहोस्: