Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

रोकिएन सीमा नाकाबाट तस्करी, जमुनाहा नाकामा अत्यधिक कडाइ

खबरडबली संवाददाता

नेपालगन्ज  । घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौँ रुपियाँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा अत्यधिक कडाइ गरिएको छ। 

सोही कारणले अहिले सीमापारीबाट सय रुपियाँभन्दा बढीको सामान खरिद गरेर ल्याउनेहरूबाट राजस्व असुली गर्न थालिएको छ । मुख्य नाकामा राजस्व असुलीमा कडाइ गरिए पनि नाका वरपरबाट हुँदै आएको तस्करी र अवैध आयात भने रोकिएको छैन । 

मुख्य नाकामा खटिएको सुरक्षा निकाय र अन्य विभिन्न स्थानमा रहेको प्रहरीले कडाइ गरेर राजस्व छलेर सामान भित्रिन नदिए पनि वरपरका बाटो र मिलेमतोमा हुँदै आएको तस्करी भने निरन्तर जारी छ । 

गत केही समयदेखि सशस्त्र प्रहरीले पनि जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको छ तर अवस्था भने उस्तै छ । भन्सार कर्मचारी र प्रहरीले आफ्नो काम गरिरहेको छ भने तस्करहरू पनि आफ्नो काममा निरन्तर लागिरहेका कुरा स्थानीय बासिन्दा बताउँछन् । 

मुख्य नाकालगायत ससाना नाकामा समेत प्रहरी सक्रिय रहे पनि त्यहाँबाट भित्रिएको ठुलो परिमाणको अवैध सामान धेरै पटक प्रहरीले नेपालगन्ज, कोहलपुर र खजुराबाटसमेत नियन्त्रणमा लिँदै आएको छ । 

प्रहरीले कडा रूपमा निगरानी गरे पनि तस्करी जारी रहनुमा तस्कर नसमातिनु नै प्रमुख कारण रहेको नाका वरिपरिका स्थानीयको भनाइ छ । जैसपुरका मोहम्मद रमजानले प्रहरीले तस्करी र अवैध रूपमा भित्रिएको सामान पटकरपटक बरामद गरे पनि अधिकांश ठाउँमा तस्करलाई पक्राउ नगर्दा वा गर्न नसक्दा तस्करी नरोकिएको बताए । 

उनले प्रहरीको फन्दामा नपरेका तस्करले फेरि पनि तस्करी जारी राख्ने गरेकाले यो कहिले पनि नरोकिने दाबी गरे । सोबारेमा बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरसँग प्रश्न गर्दा उनले तस्करी र अवैध आयात रोक्न प्रहरी अति नै क्रियाशील रहेको जनाउँदै सोही कारणले पटक/पटक अवैध सामान बरामद हुने गरेको बताए। 

नेपाल–भारत नाकाको विभिन्न ठाउँमा सुरक्षाकर्मीको राम्रो उपस्थिति हुँदाहुँदै पनि निरन्तर रूपमा अवैध तरिकाले सामान भित्रिनु र सो क्रम सधैँ जारी रहनु चिन्ताको विषय बनेको स्थानीयको भनाइ छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending