नेपालगन्ज । घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौँ रुपियाँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा अत्यधिक कडाइ गरिएको छ।
सोही कारणले अहिले सीमापारीबाट सय रुपियाँभन्दा बढीको सामान खरिद गरेर ल्याउनेहरूबाट राजस्व असुली गर्न थालिएको छ । मुख्य नाकामा राजस्व असुलीमा कडाइ गरिए पनि नाका वरपरबाट हुँदै आएको तस्करी र अवैध आयात भने रोकिएको छैन ।
मुख्य नाकामा खटिएको सुरक्षा निकाय र अन्य विभिन्न स्थानमा रहेको प्रहरीले कडाइ गरेर राजस्व छलेर सामान भित्रिन नदिए पनि वरपरका बाटो र मिलेमतोमा हुँदै आएको तस्करी भने निरन्तर जारी छ ।
गत केही समयदेखि सशस्त्र प्रहरीले पनि जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको छ तर अवस्था भने उस्तै छ । भन्सार कर्मचारी र प्रहरीले आफ्नो काम गरिरहेको छ भने तस्करहरू पनि आफ्नो काममा निरन्तर लागिरहेका कुरा स्थानीय बासिन्दा बताउँछन् ।
मुख्य नाकालगायत ससाना नाकामा समेत प्रहरी सक्रिय रहे पनि त्यहाँबाट भित्रिएको ठुलो परिमाणको अवैध सामान धेरै पटक प्रहरीले नेपालगन्ज, कोहलपुर र खजुराबाटसमेत नियन्त्रणमा लिँदै आएको छ ।
प्रहरीले कडा रूपमा निगरानी गरे पनि तस्करी जारी रहनुमा तस्कर नसमातिनु नै प्रमुख कारण रहेको नाका वरिपरिका स्थानीयको भनाइ छ । जैसपुरका मोहम्मद रमजानले प्रहरीले तस्करी र अवैध रूपमा भित्रिएको सामान पटकरपटक बरामद गरे पनि अधिकांश ठाउँमा तस्करलाई पक्राउ नगर्दा वा गर्न नसक्दा तस्करी नरोकिएको बताए ।
उनले प्रहरीको फन्दामा नपरेका तस्करले फेरि पनि तस्करी जारी राख्ने गरेकाले यो कहिले पनि नरोकिने दाबी गरे । सोबारेमा बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरसँग प्रश्न गर्दा उनले तस्करी र अवैध आयात रोक्न प्रहरी अति नै क्रियाशील रहेको जनाउँदै सोही कारणले पटक/पटक अवैध सामान बरामद हुने गरेको बताए।
नेपाल–भारत नाकाको विभिन्न ठाउँमा सुरक्षाकर्मीको राम्रो उपस्थिति हुँदाहुँदै पनि निरन्तर रूपमा अवैध तरिकाले सामान भित्रिनु र सो क्रम सधैँ जारी रहनु चिन्ताको विषय बनेको स्थानीयको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: