Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

मापदण्ड विपरीत धनकुटाका अधिकांश माछा पसल

खबरडबली संवाददाता

धनकुटा । धनकुटामा अधिकांश माछा पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले बिहीबार आयोजना गरेको संयुक्त अनुगमनको क्रममा यस्तो पाइएको हो ।

जिल्ला सदरमुकाममा सञ्चालित करिब एक दर्जन माछा पसल अधिकांश खुल्ला स्थानमै सञ्चालन गरेको, माछालाई डिफ्रिज वा बरफ सँगै राख्नु पर्ने भए पनि त्यो समेत नगरेको पाइएको छ ।

त्यस्तै प्रतिबन्धित माछा समेत धनकुटामा बिक्री गरेको पाइएको कार्यालय प्रमुख लोकनाथ ढुङ्गानाले बताए । सदरमुकाममा अधिकांश पसल दर्ता समेत नगरी सञ्चालन गरेको पाइएको उनको भनाइ छ । यसरी सञ्चालीत पसलहरुलाई पहिलो पटक सचेत गरिएको र पुनः यस्तो पाइएमा कारवाही गरीने उनको भनाइ छ । 

त्यस्तै धनकुटा तथा हिलेमा सञ्चालित वधशाला समेत सरसफाइ नभएको पाइएको छ । मासु काट्ने स्थान तथा  मासुबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका पशु प्रबिधि पुष्प दाहालले जानकारी दिए । अनुगमनकै क्रममा जिल्लामा सञ्चालित भेटेरिनरी पसलमा केहीमा म्याद सकिएको औषधि समेत पाइएको उनले बताए । 

बिहीबार जिल्लाको धनकुटा बजार, हिले र सिदुवा बजारका दुई दर्जन भन्दा बढी भेटेरिनरी, मासु, माछा पसल र वधशालामा अनुगमन गरिएको हो । अनुगमनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको टोली सहित जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending