काठमाडौँ । मनाङ एयरको एक हेलिकोप्टर दुर्घटनामा परी सवार सबै ६ जनाकै मृत्यु भएको छ । माउन्टेन फ्लाइटमा गएर काठमाडौँ फर्किँदै गरेको हेलिकोप्टर दुर्घटनामा पर्दा सवार सबै ६ जनाकै मृत्यु भएको हो ।
जसमा एक जना पाइलट नेपाली र बाँकी सबै पाँच जना मेक्सिकोका यात्रु रहेका थिए । हेलिकोप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए । उनी हेलिकोप्टर पाइलटमध्ये अनुभवी मानिन्थे । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

साेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँच जना मेक्सिकाेका नागरिकको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा क्पाप्टेन सीबी गुरुङ र मेक्सिकाेका नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक छन् । प्रजिअ भट्टराईले मृतक सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको बताए । स्थानीयबाट हेलिकोप्टर दुर्घटनाको खबर आउनासाथ सोलुदूधकुण्ड नगरपालिका–२ बेनीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शव फेला पारेको हाे ।

मृतकको शव काठमाडौं लैजनका लागि हेलिकोप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण हेलिकोप्टर दुर्घटना स्थल पुग्न नसकेको उनकाे भनाइ छ । अल्टिच्युट एयरको दुई हेलिकप्टर अहिले भकान्जे चौरमा अवतरण गराएर राखिएको र मौसममा सुधार हुनासाथ घटनास्थल पुग्ने प्रजिअ भट्टराइको भनाइ छ ।
सोलुखुम्बुको सुर्केबाट बिहान ९ः५२ बजे काठमाडौँ उडेको कल साइन ९ एनए–एमभी भएको हेलिकोप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो । बिहानैदेखि सो क्षेत्रमा मौसम खराबीका कारण लुक्लाबाट उडेको सुर्के ल्यान्ड गरेको थियो । सुर्केपछि थोप्तेन छोलिङ क्षेत्रमा पनि ल्यान्ड गरेको पाइएको छ । त्यसपछि उडेको हेलिकोप्टर लामजुरा पास क्षेत्रमा आएपछि सम्पर्कविहीन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: